back
CTIZAN AD

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

वि.सं.२०७६ वैशाख १६ सोमवार

693 

shares

१६ बैशाख, काठमाण्डौं । नागरिकता विधेयक विरुद्धमा विभिन्न राजनीतिक दलले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

काठमाडौंको माईतीघर मण्डलमा भेला भएर बानेश्वरतर्फ गएको प्रदर्शनकारीको टोलीमाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडपको स्थिति आएको पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले बताए । ‘विधेयक जलाउन खोज्दा खोस्न आएपछि झड

पको स्थिति पैदा भएको हो । भट्टराईले भने, ‘खोस्न आएकै विधेयक जलाइएको हो । प्रहरीले लाठी चार्ज गरे हो ।’
नेकपा मसाल, माले, पुष्पलाल अध्ययन समाज, राष्टिय जागरण परीषद, २५ प्लस समुह लगायतका संगठन,सामाजिक संघसंस्था, बिज्ञविशेषज्ञ र राष्ट्रिय जीवनका ब्यक्तित्वहरुको सामुहिक प्रर्दशनि रहेको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र ब केसी, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, महिला सांसद दुर्गा पौडेल, मालेका महासचिव सिपी मैनाली, नेकपा मसालका पवक्ता रामप्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका सदस्य तथा वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की, राष्ट्रिय जागरण परिषद्का संयोजक साध्यबहादुर भण्डारीले नागरिकता विधेयक तुरुन्त फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

प्रदर्शनकारीहरुले गृहमन्त्रालयद्धारा जारी सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भन्ने परिपत्र समेत जलाएका छन् । प्रदर्शनकारीले परिपत्र जलाउनासाथ नयाँबानेश्वरमा कोणसभा गरेका थिए ।

वि.सं.२०७६ वैशाख १६ सोमवार १७:३५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...