back
CTIZAN AD

१२ वर्षपछि पक्राउ परे ज्यान मुद्धाका आरोपि

वि.सं.२०७६ वैशाख १७ मंगलवार

573 

shares
फाइल:फोटो

१७ बैशाख, धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ ।

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो । घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक, ३४ वर्षीय हेमडल्ला विक, ४५ वर्षीय पूर्णबहादुर विक, ३१ वर्षीय मङ्गले कामी, अमृता विक र पञ्चमाया विकविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीको लामो अनुसन्धानपछि जिल्ला अदालत धादिङले विसं २०७४ मङ्सिर १९ गते अमृता र पञ्चमायालाई सफाइ दिएको र बाँकी सबैलाई कैद गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैद्वारले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

घटनापछि संलग्न आठमध्ये फरार रहेका तीन जनालाई वैशाख ११ र १५ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वैशाख ११ गते काठमाडौँको गौशलाबाट ४० वर्षीय सार्की विकलाई पक्राउ गरिएको थियो । उनलाई दुई वर्ष कैद तोकिएकाले जिल्ला अदालत पेश गरी कारागार पठाइएको छ । त्यस्तै आइतबार दुईलाई पक्राउ गरिएको छ । रुबिभ्याली गाउँपालिका–२ निवासी ५९ वर्षीय बमहादुर विकलाई तिप्लिङको कामीगाउँबाट पक्राउ गरिएको छ भने सोही ठाउँका ३४ वर्षीय हेमडल्ला विकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका–५ प्राजुङबाट पक्राउ गरिएको छ ।

बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ । घटनामा संलग्न गाउँपालिका–२ बस्ने ४५ वर्षीय पूर्णबहादुर विकलाई विसं २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो । उनलाई पुर्पक्षमा १० वर्ष कैद जरिवाना तोकिएको थियो ।

त्यस्तै सोही ठाउँका ३१ वर्षीय मङ्गले कामी भन्ने डिलबहादुर विक विसं २०७३ जेठ ३ गते पक्राउ परेका थिए । उनलाई दुई वर्ष कैद तोकिएको थियो । अर्का आरोपी रुबिभ्यालीकै २८ वर्षीय कालु विकलाई २० वर्षको कैद तोकिएकामा उनको दुई वर्ष अगाडि नै मृत्यु भएको परिवारले प्रहरीलाई जानकारी दिएको छ । उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार १०:५७ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...