back

१२ वर्षपछि पक्राउ परे ज्यान मुद्धाका आरोपि

वि.सं.२०७६ वैशाख १७ मंगलवार

15 

shares
फाइल:फोटो

१७ बैशाख, धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ ।

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो । घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक, ३४ वर्षीय हेमडल्ला विक, ४५ वर्षीय पूर्णबहादुर विक, ३१ वर्षीय मङ्गले कामी, अमृता विक र पञ्चमाया विकविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीको लामो अनुसन्धानपछि जिल्ला अदालत धादिङले विसं २०७४ मङ्सिर १९ गते अमृता र पञ्चमायालाई सफाइ दिएको र बाँकी सबैलाई कैद गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैद्वारले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

घटनापछि संलग्न आठमध्ये फरार रहेका तीन जनालाई वैशाख ११ र १५ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वैशाख ११ गते काठमाडौँको गौशलाबाट ४० वर्षीय सार्की विकलाई पक्राउ गरिएको थियो । उनलाई दुई वर्ष कैद तोकिएकाले जिल्ला अदालत पेश गरी कारागार पठाइएको छ । त्यस्तै आइतबार दुईलाई पक्राउ गरिएको छ । रुबिभ्याली गाउँपालिका–२ निवासी ५९ वर्षीय बमहादुर विकलाई तिप्लिङको कामीगाउँबाट पक्राउ गरिएको छ भने सोही ठाउँका ३४ वर्षीय हेमडल्ला विकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका–५ प्राजुङबाट पक्राउ गरिएको छ ।

बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ । घटनामा संलग्न गाउँपालिका–२ बस्ने ४५ वर्षीय पूर्णबहादुर विकलाई विसं २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो । उनलाई पुर्पक्षमा १० वर्ष कैद जरिवाना तोकिएको थियो ।

त्यस्तै सोही ठाउँका ३१ वर्षीय मङ्गले कामी भन्ने डिलबहादुर विक विसं २०७३ जेठ ३ गते पक्राउ परेका थिए । उनलाई दुई वर्ष कैद तोकिएको थियो । अर्का आरोपी रुबिभ्यालीकै २८ वर्षीय कालु विकलाई २० वर्षको कैद तोकिएकामा उनको दुई वर्ष अगाडि नै मृत्यु भएको परिवारले प्रहरीलाई जानकारी दिएको छ । उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार १०:५७ मा प्रकाशित

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

झापा । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

नारच्याङ (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी...