
नेपाली जनसम्पर्क समिति फ्रान्सले केही विवादित कुरामा आफ्ना सभापति सुधिर कुमार रानाको नाम जोडेर गरिएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
केही समयदेखि छिमेकी देश बेल्जियममा नेपाली जनसम्पर्क समितिको विवाद समाधानको लागि पार्टी केन्द्रबाट भएको क्रियाकलापसँग जोडेर नेपाली जनसम्पर्क समिति फ्रान्स र सभापतिको नाम समेत विवादित बनाउने उद्धेश्यले सामाजिक संजालमामार्फत् जनसम्पर्क समितिमा आवद्ध रहेकाहरुले बिना सरसल्लाह सभापतिको नाम राखेको प्रति गम्भीर ध्यानाकर्षण भएको समितिले जनाएको छ ।
‘जनसम्पर्क समितिमा आवद्ध मित्रहरुले विना सरसल्लाह हाम्रो समिति र सभापतिको नाम राखेको प्रति गम्भीर आपत्ति प्रकट गर्दै उक्त विज्ञप्तिहरुमा जसस फ्रान्सको नाम हटाउन अनुरोध गर्दै आगामी दिनहरुमा यस्तो कार्य नर्गन सम्बन्धीत व्यक्तिहरुलाई ध्यानाकर्षण गराउदछौं ।’ सभापति सुधिर कुमार राना र महामन्त्री कमल विक्रम केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै जनसम्पर्क समिति फ्रान्स नेपाली कांग्रेस पार्टीले तोकेको अनुशासनको दायराभित्र बसी पार्टी निर्णयप्रति इमान्दार रहने जानकारी पनि गराउँदछौं ।’
वि.सं.२०७६ वैशाख १७ मंगलवार १६:०९ मा प्रकाशित
























