१७ बैशाख, काठमाडौं । चैत १९ गते (अप्रिल २) । नेपाल एयरलाईन्सको आरए २३१ ले २७६ जना यात्रु बोकेर दुबईका लागि उड्ने तयारीमा थियो । तर, विमानस्थलको धावनमार्गको निर्माणको कारण देखाउँदै विमान उड्न दिईएन । त्यो पनि आफ्नै राष्ट्रिय ध्वजाबाहक बिमान ।
विमानमा यात्रु बसिसकेका थिए । ९ बजेर ४७ मिनेटमा जहाजलाई पूरा तयारी गरेर उडानको अनुमतिका लागि कुरिरहेको थियो । तर उडानका लागि ४ मिनेको मात्रै समय माग्दा पनि उडान अनुमति दिइएन ।
किन ढिलो भयो बेमा जहाज ल्याउन ?
त्यसदिन वे मा पार्किङका लागि ठाउँ थिएन । ६ बजेबाट बेमा ल्याउन अनुमति मागिएको थियो । तर, पनि ८ बजेर २५ मिनेटमा मात्र जहाज बे मा आउने अनुमति दिइयो । वाइडबडी जहाज भएकाले टाइम लाग्ने थियो । तर पनि ९ः४७ मा जहाजले उडानको अनुमति मागेको पनि थियो । ९ः५७ मा ड्रागन एयरलाईन्सले आफ्नो उडान भरेको थियो भने १० बजे उड्नुपर्ने नेपाल एयरलाईन्सले जम्मा ४ मिनेट समय बढी माग्दा एयरपोर्टका सबै ढोका बन्द गरियो । र २७६ यात्रुहरुको उडान रोकियो । नेपाल एयरलाईन्सका प्रवक्ताले मेडियासँग यस्तो भनेका छन् ।
रातिको समयमा जहाजका यात्रुलाई कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्नेमा एइरलाईन्सलाई हम्मे हम्मे पर्यो । यात्रुहरुलाई तत्कालै काठमाण्डौंका विभिन्न होटलमा बस्ने व्यवस्था गरियो । ४ मिनेटकै कारण सयौं यात्रुले दुःख पाए भने राष्ट्रकै ढुकुटीमा करौडौ भार थपियो फेरि । यानि विमान उडान रद्धले राज्यलाई करोडौ घाटा लाग्यो ।
प्रवक्ता लामालाई किन सस्पेन्ड गर्न खोजियो ?
नेपाली धावनमार्गमा जहाज उडाउदै लामाले जीवनको ३८ वर्ष खर्चिए । नेपाली एयरलाईन्सको क्षेत्रमा धेरै अनुभव बटुलेका लामाले एयरलाइन्स क्षेत्रभित्रको विकृति, त्यहाँहुने व्यक्तिगत मनोमानी, कर्मचारीको असहयोग, अन्तराष्ट्रिय एयरपोर्टभित्रको दुरावस्था, नेपाली युवाहरुले पानी पनि पिउन नपाउने विदेशी एयरलाइन्समा चढ्नुपर्दाको पीडा, विदेशी जहाजमा नेपाली दाजुभाइ दिदी बहिनीमाथि हुने हेपाईका बारेमा थुप्रो अनुभव बटुलेका उनले जहाज उड्न नदिएको बारेमा मिडियासँग कुरा गर्दा यी सबै कुरा बताए । उनका यस्ता अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षामा असर परेको भन्दै स्पष्टीकरण समेत माग्यो लामासँग । तर, लामाको जवाफ चित्त बुझ्दो नभएको र उनका अभिव्यक्तिबाट सुरक्षामा चासो उत्पन्न भएको औल्यायो । र, प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडाउन किने दिने भन्ने प्रश्न खडा गर्यो । लामाले आफ्नो उत्तरमा मेडियामा एटिसीका बारेमा कमेन्ट गर्दै आएको बताएका थिए ।
फेरि किन निलम्बन फुकुवा गरियो त ?
नेपाल एयरलाईन्सका प्रवक्ता रहेका लामा आफूलाई चित्त नबुझेको कुरा मेडिया होस् या सामाजिक संजालमा स्पष्ट राखिहाल्छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका लामाको बोलीले सुरक्षामा असर पार्ने भन्दै उनलाई स्पेन्ड गरिने भनिए पनि प्राधिकरणको लामाले आफ्नो स्पेन्डेडको परिनसकेको जानकारी दिदैं आएका थिए । लामाको जवाफले चित्त नबुझाएको प्राधिकरणले लामा प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउन भन्दै एयरलाईन्सलाई पत्र समेत पठाएको थियो ।
प्राधिकरणको निर्देशनलाई मान्दै एयरलाईन्सले लामालाई प्रवक्ताबाट हटाएको समाचार पनि बाहिर आएका थिए । तर, प्राधिकरणले भनेअनुसारको काम भएको भन्दै फेरि लामाको निलम्बन फुकुवा भएको एयरलाइन्सले जनाएको थियो ।
उता प्रवक्ता र पाइलट दुवैको जिम्मेवारी लिएका लामालाई प्राधिकरणले सुरक्षाका दृष्टिले दोहोरो भूमिका निभाउन नमिल्ने भन्दै कि जहाज उडान छाड्नु कि, प्रवक्ता छाड्नु भनेर यसअघि नै पत्र पठाइसकेको प्राधिकरणको दावी छ । तर त्यसमा उनको चित्त बुझ्दो जवाफ नदिएको र दुवई उड्नुपर्ने जहाज ४ मिनेटका कारणले रोकिनुले यो कुरा बढी उचालिएको पनि प्राधिकरण स्रोत बताउँछ ।
यसरी तात्यो सामाजिक सन्जाल
लामालाई निलम्बन गरेको समाचार आएसँग सामाजिक संजाल खुबै तात्यो । कतिले त विजय लामाको ३८ वर्षको इमान्दारीताको पुरस्कार दिइएको भन्दै व्यंग गर्न पनि भ्याए । कसैले ‘आइएम विथ विजय लामा’ भनेर लेखे भने कसैले वायुसेवा निगमभित्रको भ्रष्टाचारलाई बाहिर ल्याउन हिम्मत गरेका विजय लामालाई सबैको साथ रहने भनेर ऐक्यबद्धता समेत जनाए ।
लामाका बारेमा सामाजिक संजालमा यस्तो लेख्छन् युरोपबाट ददी सापकोटा
‘क्याप्टेन बिजय लामालाई मैले कहिल्यै भेटेको छैन । तर उनको प्रशंसा बाहिरबाट धेरै सुनेको छु । नेपालमा पहिले उद्दारमा जाने, राजपरिवारलाई ओसार्ने हेलिकप्टर चालक नेपाली थिएनन् । रसियाली थिए । त्यसपछि राजा महेन्द्रले फ्रान्सका राष्ट्रपती चाल्र्स द गोलसित सहयोग लिएर फ्रान्सेलीले नेपालको पर्यटकिय योजना, विकासको खाका मात्रै तयार गरेनन् कि, फ्रान्सका तत्कालिक कर्णेल पियर ल फ्लकलाई नेपाल लगेर हेलिकप्टर तालिम दिलाए । राजपरिवार, सेनाका उच्च अधिकारीको हेलिकप्टर बिदेशीले चलाएपनि लामासँगै हुन्थे । धेरै नेपालीलाई सिकाएपनि । उनको सिप, अक्कल, लगनशिलता देखेर अहिलेपनि फ्रान्सेली हेलिकोप्टर चालक फ्लक दंग पर्छन् । बिजय लामालाई पोख्त बनाएर छोडेपछि उनले एक्लै चलाउन लागेका हुन् । उनले हिमाली उद्दारमा धेरै पाईलटलाई सिकाएर देशको लागि निकै गुन लगाएका छन् । । उनै बिजय लामालाई हिमाली उद्दारमा अन्तर्राष्ट्रिय स्तरको पाईलट भनेर धेरैले मान्छन् । नेपाल जाने बिदेशी पाईलटहरुलाई केहि जान्न मन लागे, हिमाली क्षेत्र भएर उडान गर्दा बिदेशी पाईलटहरु अझै पनि यिनै लामालाई सोध्छन् ।
२०४६ साल पछिपनि उनले धेरै नेता, मन्त्रीलाई आकस्मिक काम र बैठकका लागि लिएर धेरै ठाउँ पुगेका छन् । केहि वर्ष अघि म लुफ्थान्सा एयरबाट हेल्सिन्कि उड्दापनि मलाई ककपिटमै राखेर लगेका फिनिस पाईलट क्लाउसले लामाका बारेमा सुनाएका थिए ‘बिजय लामा एकदमै सिपालु, अनुभवी पाईलट हुन् । चीनको सांघाई जाँदै गर्दा मलाई एक पटक हिमाली भाग पार गरेर जाने बेला उति मेसो नभएकाले मैले तत्कालै बिजय लामालाई सम्पर्क गरें । उनी हेलिकप्टर उडाउँदै रहेछन् । त्यो बेला उनले मलाई स्पष्ट जानकारी दिएका थिए ।’ बिजय लामालाई तिनै नेताले पुरस्कृत गरेछन् । स्याबास् ।’
उडान रद्दका बारेमा यस्तो लेख्छन् लामा सामाजिक संजालमा
तस्बिर लामाको फेसबुकबाट
वि.सं.२०७६ वैशाख १७ मंगलवार १८:२४ मा प्रकाशित





























