back
CTIZAN AD

सरकारी अस्पताल परिसर मै मनपरी,२० को चाउचाउ ३० रुपैयाँ ?

वि.सं.२०७६ वैशाख १७ मंगलवार

597 

shares

१७ बैशाख, काठमाण्डौं । सरकारी संस्थान तथा कार्यालयको हाता भित्र मनपरी हुने गरेको कुरा हामीले सुन्दै आएका थियौं । तर, विरामीको उपचार हुने सरकारी अस्पताल भित्र पनि मनपरी हुने गरेको भने कमैले थाहा पाएका छौं ।

राजधानीको कान्तिबाल अस्पतालको हाताभित्र संचालित एक पसलले तोकिएको भन्दा बढि मूल्य लिएर सामान लिएर बेच्ने गरेको पाईएको छ ।

उक्त पसलले उपभोक्ता मूल्य २५ रहेको पेय पदार्थ रियोलाई रु ३० मा तथा अन्य खाद्य पदार्थहरु पनि तोकिएको मूल्य भन्दा बढी मूल्यमा बेच्ने गरेको त्यहिं कार्यरत एक स्वस्थ्यकर्मीले बताए । नाम नबताउने सर्तमा ती स्वास्थ्यकर्मीले भने ‘एउटा चाउ चाउको मूल्य ३० रुपैयाँ सम्म लिन्छन, को सँग गुनासो गर्ने हामी त बढी पैसा तिर्न बाध्यछौं’ यस बिषयमा अस्पतालका प्रशासन प्रमुख गंगाराम गिरीले यस बिषयमा तत्काल केहि गर्न नसक्ने बताए ।

यो बिषयमा बाणिज्य बिभागको अनुगमन साखा प्रमुख दिपकराज पोखे्रलसंग बुझ्दा तोकिएको मूल्य नलिई बढि मूल्य लिने तथा मूल्य सूचि नराख्ने ब्यबसायीलाई ऐन अनुसार तत्काल कार्बाहि गरिने बताए ।

अस्पताल भित्रको पसललाई कार्बाही
कान्तिबाल अस्पताल भित्र पेय पदार्थहरु बिक्रि गर्ने पसललाई बाणीज्य बिभागले कागजात सहित उपस्थित हुन पत्र काटेको छ । बढी मूल्य लिएको,मूल्यसूची नराखेको उजुरी परेपछि बिभागले कार्बाहि प्रक्रिया अगाडी बढाएको जनाएकोछ ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार १८:३४ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...