back
CTIZAN AD

मजदुर दिवस मुक्ति दिवस

वि.सं.२०७६ वैशाख १८ बुधवार

969 

shares

आज १३० औं मई दिवस । अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् श्रमिकहरुले दासको स्तरबाट नागरिकको हैसियत प्राप्त गर्न सफल भएको ऐतिहासिक दिन ।

सर्वप्रथम यस दिवसको ईतिहास निर्माणमा प्राप्त सफलताको लागि जीवनको आहुती दिने सम्पूर्ण महान् शहीदलगायत आन्दोलनमा विविध रुपले योगदान पुर्याउनेहरु सबैलाई हार्दिक श्रद्धाञ्जली र सलामी । साथै संसारका सम्पूर्ण सर्वहारा श्रमिक मजदुरहरुको मुक्ती, प्रगती र समृद्धिको लागि हार्दिक शुभकामना !!

मई दिवस र विश्वमजदुर आन्दोलनका सन्दर्भमा स्मरणीय केही आधारभूत कुराहरु  :
१-मई दिवस मजदुर मुक्ति दिवस हो !

२- मई दिवस सर्वहारा–श्रमजीवी मजदुरहरुको अन्तर्राष्ट्रिय दिवस हो ।

३-मजदुर आन्दोलन भनेको सर्वहारा श्रमजीवीहरुको नै आन्दोलन हो ।

४-यो आन्दोलन मालेमावादद्वारा निर्देशित र परिचालित हो । र यसको अन्तिम लक्ष–गन्तव्य समाजवाद–साम्यवाद हो ।

५ -यो आन्दोलन बाह्यरुपमा पुँजीवादका विरुद्ध र आन्तरिकरुपमा ट्रेडयुनियनवाद र अर्थवादजस्ता विचलनवादका विरुद्धको संघर्षबाट बचेको र बनेको आन्दोलन हो । अहिले यसमा व्यक्तिवाद, उपभोक्तावाद र दलालीकरण समेत हावी हुने खतरा बढेको छ ।

६-श्रम, खासगरी शारीरिक श्रम गर्ने, श्रमिक व्यक्ती, वर्ग, व्यवहार र विचारलाई माया, श्रद्धा र विश्वास गरी संघर्ष गर्नेहरु मात्र सच्चा सर्वहारा श्रमजीवी मजदुर हुन् र तिनीहरू नै यो मई दिवस र मजदुर आन्दोलनका वास्तविक पक्षधर हुन् ।

७-सर्वहारा श्रमजीवी मजदुर वर्ग सबैभन्दा कान्छो र शक्तिशाली क्रान्तिकारी वर्ग हो ।

८- यो वर्गले अवलम्बन गर्ने मालेमावादी विचार र यो विचारको आधारमा गरिने व्यवहार र वर्गसंघर्षबाट नै मानवजातिले वास्तविक, पूर्ण र स्थायी मुक्ती, समानता र स्वतन्त्रता प्राप्त गर्दछ ।

९- मोनेरा वा अमिवादेखी बाँदर हुँदै मानवसम्मको विकास र संसारका सबै भौतिक विकास–निर्माणमा श्रमको भूमिका प्राथमिक, मुख्य र निर्णायक रहिआएको छ ।

१०- आज श्रम, श्रमिक, सर्वहारावर्ग, श्रमजीवी मजदुर र यी सबैको अर्थ, औचित्य, आवश्यकता, क्षमता, भूमिका र योगदानलाई पुँजी, प्रविधी र प्रतिभा(बुद्धि) ले निषेध गर्ने चिन्तन, प्रवृत्ती र प्रयास भैरहेको छ, जो अत्यन्तै गम्भीर, भयावह र दुखद कुरा हो ।

११- यसप्रकारका आक्रमण र विचलनका विरुद्ध तीखो निर्णायक संघर्ष संचालन गरी तिनमाथि विजय प्राप्त गर्नु जरुरी भएको छ ।

१२- यो विजय प्राप्त गर्न नसके–नगरे मजदुर आन्दोलन धराशायी हुनेछ र मई दिवस मनाउनु र मजदुर आन्दोलन संचालन गर्नुको खासै अर्थ, महत्व र उपादेयता रहने छैन ।

अस्तु !!

वि.सं.२०७६ वैशाख १८ बुधवार ०९:४३ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...