back
CTIZAN AD

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

वि.सं.२०७६ वैशाख १८ बुधवार

636 

shares
New crown emperor of Japan. Naruhito.

१८ बैशाख, टोकियो : जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका छन् । उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा भएका छन् ।

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उहाँलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो ।

राजगद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैँ साथ रहने वचनबद्धता प्रकट गरे ।

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा “क्रिसेन्थिमम थ्रोन” नाम दिइएको विशिष्ट रुपमा सजाइएको राजगद्दीमा राखिएको थियो । उनका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको थियो । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो ।

“मैले विशेष जिम्मेवारी ग्रहण गरेको बारेमा सोच्दै गर्दा ममा गम्भीरताको अनुभूति भएको छ,” नारुहितोले भने । आफ्ना बुबाको शान्तिप्रतिको निष्ठाबारे टिप्पणी गर्दै नारुहिताले सम्राट अकिहितो र विगतका सम्राटहरुले कोरेको मार्गलाई आफूले गम्भीर रुपमा प्रतिबिम्बित गर्ने बताए ।

उनले जापानको संविधानप्रति पूर्ण बफादार रहने प्रतिबद्धता व्यक्त गरे । संविधान बमोजिम जापानी सम्राटलाई राजनीतिक अधिकार हुँदैन । तर जापानी राजतन्त्रले राष्ट्रिय प्रतिकका रुपमा जिम्मेवारी वहन गर्ने परम्परा छ । उनले भने, “म जनताको खुशी तथा मुलुकको विकासका साथै विश्व शान्तिका लागि पूर्ण इमान्दारीका साथ कार्य गर्नेछु ।”

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो । उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो ।

जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो मानिन्छ । जापानी समाजमा इश्वरको रुपमा लिइने राजसंस्थाको प्रारम्भ इसापूर्व ६०० देखि भएको मानिन्छ ।
राजगद्दी त्यागेका अकिहितोलाई जापानी भाषामा “जोको” भनेर सम्बोधन गरिनेछ । जोकोको अर्थ “बडासम्राट” हो ।

नारुहितो आधुनिक विश्वका नयाँ सम्राट हुन् । पिता पुर्खाभन्दा उहाँका सोचाई र व्यवहार फरक छन् । अकिहितोको तीन दशकको राज्यकालमा जापानी राजतन्त्रको “युद्धउन्मूख” विगतको भूमिकामा सुधार ल्याउनेतर्फ केन्द्रित थियो ।
नारुहितोकी आमा मिचिकोको जन्म नै सामान्य परिवारमा भएको थियो । मिचिकोको अध्ययन इसाई स्कुलमा भएको थियो । सम्राट अकिहितो र साम्राज्ञी मिचिकोले जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने प्रयत्न गरेका थिए । उनीहरुले अशक्तता भएका मानिसहरु, विभेदमा परेका र प्राकृतिक विपदमा परेका व्यक्तिसँगको भेटघाटमा समय खर्च गरेका थिए ।

नारुहितोको राज्यभिषेक समारोहमा उनकी पत्नी साम्राज्ञी मासाको र छोरी आइकोलाई प्रवेश दिइएको थिएन । यो विशेष समारोहमा पुरुषहरुलाई मात्र प्रवेश गर्न दिइने प्रचलन छ । तर जापानी मन्त्रिपरिषदकी एक सदस्यलाई भने उक्त समारोहमा प्रवेश दिइएको थियो । उहाँ त्यस समारोहमा सहभागी हुन पाउने एकमात्र महिला थिए ।

सम्राट नारुहितोको राज्याभिषेकलाई जापानीहरुले निकै महत्व र उत्साहका साथ स्वागत गरेका छन् । विशेष समारोह भइरहेको राजदरबारको बाहिर धेरै मानिस भेला भएका थिए । केही मानिस पूर्व सम्राट अकिहितोको बिदाई हेर्न भेला भएका थिए भने केही नयाँ सम्राटको आगमनको प्रतिक्षामा थिए ।

यही दिनको सम्झनामा केही व्यक्तिले बिबाह पनि गरेका थिए । जापानमा मङ्गलबार मध्यरातपछि नयाँ युग “रेवा” शुरु भएको थियो ।

जापानको संविधान बमोजिम राजनीतिक अधिकारविहीन राजतन्त्रलाई प्रतिकका रुपमा लिइन्छ । युद्धताकाका सैनिक सरकारहरुले राजतन्त्रलाई जीवित भगवानका रुपमा लिने प्रचलन थियो तर सन् १९४५ मा जापान पराजित भएपछि नारुहितोका हजुरबुबाले सक्रिय राजतन्त्र त्यागेका थिए ।

नारुहितोले बुबा अकिहितोको पदचिह्नमा हिँड्ने र आमजनतासँग नजिकमा रहेर काम गर्ने बताएका छन् । राजप्रासादका बारेमा जानकारहरुले सम्राट नारुहितोले विश्वका जल्दाबल्दा विषयमा ध्यान केन्द्रित गर्ने सम्भावना रहेको बताएका छन् ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १२:४३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...