back

तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै मोर्चाद्वारा सदन बहिष्कार

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

570 

shares

२६ कात्तिक, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले सदनको आजको बैठक बहिष्कार गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकको आरम्भमा मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राईले वर्तमान सरकार गठन भएयता नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० तथा मोर्चाका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन नभएको भनी रोष व्यक्त गर्नुभयो ।

उहाँले सहमति कार्यान्वयन गर्नेतर्फ सरकार उदासीन रहेको आरोप लगाउँदै सहमति कार्यान्वयनका लागि दबाब दिन बैठकबाट बाहिरिन लागेको बताउनुभयो ।

उहाँका साथमा संविधान संशोधनको माग गरिरहेका मोर्चाका आबद्ध दलका सांसदहरु बैठककक्षबाट बाहिरिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ०७:१८ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...