back
CTIZAN AD

जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य

वि.सं.२०७६ वैशाख १८ बुधवार

714 

shares

१८ बैशाख, काठमाण्डौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् ।

जनता क्यापिटको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभन्दा बढी लामो अनुभव रहेको छ ।जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

नेपाल धितोपत्र बोर्डबाट ईजाजत प्राप्त गरेसंगै जनता क्यापिटलबाट जनता बैंक नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरि सकेको छ भने यसबाहेक अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको छ । साथै, जनता क्यापिटलले लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका सेवाहरु समेत प्रदान गर्ने तयारी गरिरहेको जनाइएको छ ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १५:५४ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...