back

जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य

वि.सं.२०७६ वैशाख १८ बुधवार

42 

shares

१८ बैशाख, काठमाण्डौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् ।

जनता क्यापिटको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभन्दा बढी लामो अनुभव रहेको छ ।जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

नेपाल धितोपत्र बोर्डबाट ईजाजत प्राप्त गरेसंगै जनता क्यापिटलबाट जनता बैंक नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरि सकेको छ भने यसबाहेक अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको छ । साथै, जनता क्यापिटलले लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका सेवाहरु समेत प्रदान गर्ने तयारी गरिरहेको जनाइएको छ ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १५:५४ मा प्रकाशित

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध...

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी...

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...