
१८ बैशाख, काठमाण्डौं । कर्णाली युवा सुशासन तथा विकास केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कर्णाली युबा सुशासन तथा बिकास केन्द्रका सल्लाहकार नारायण गिरीको विशेष पहलमा मुख्यमन्त्री शाही र कालिकोटका तत्कालीन नेकपाका अध्यक्ष धनजित शाहीको उपस्थितमा कर्णालीको समसामयिक बिषयमा छलफल तथा भ्रष्टाचार न्यूनीकरण अभियान सम्बन्धि अन्तरक्रिया गरिएको हो ।
मंगलबार काठमाडौंमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा हुने भ्रष्टाचार न्यूनीकरणमा आफू लागिपर्ने बताउँदै भ्रष्टारका विषयमा सहि प्रमाण ल्याउन सकेमा कार्बाही गर्न आफू पछि नपर्ने बताएका थिए ।
मुख्यमन्त्री शाहीले कर्णाली युवा सुशासन तथा बिकास केन्द्रलाई सहयोग गर्ने बचन समेत दिएका थिए ।
वि.सं.२०७६ वैशाख १८ बुधवार १७:१९ मा प्रकाशित