back
CTIZAN AD

रिटर्नी माइग्रेन्ट नेपालको अध्यक्षमा उत्तम अधिकारी

वि.सं.२०७६ वैशाख १९ बिहीवार

1.1K 

shares

 

१९ बैशाख, काठमाण्डौं । बैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीहरुको सँस्था ‘रिटर्नी माइग्रेन्ट नेपाल’ को प्रथम राष्ट्रिय सम्मेलन तथा साधारणसभा अध्यक्षमा उत्तम अधिकारीलाई चयन गर्दै सम्पन्न भएको छ ।

पोखराको राष्ट्रिय सभागृहमा यहि बैशाख १५ र १६ गते सम्पन्न भेलाले  आगामी २ बर्षे कार्यकालका लागि अध्यक्षमा उत्तम अधिकारी, उपाध्यक्षत्रयमा काशिराम ढुंगाना, ऋषिराम बस्याल, सीता बस्याल महासचिवमा लक्ष्मी प्रसाद आचार्य, सचिव त्रयमा कृष्ण कुमार नेउपाने, उत्तम श्रेष्ठ सेन, रामकृष्ण घिमिरे, कोषाध्यक्षमा अजिता ठकुरी र प्रवक्तामा पदम बिष्टलाई सर्वसम्मत निर्वाचित गरेको छ ׀

त्यसैगरी सदस्यहरुमा  काजी बहादुर थापा, जहार सिंह लामा, आइ बहादुर खत्री, सुबास झा, हिरादेवी खराल, ओम थनेत, हरि खत्री, बिबि लामा, देवि आचार्य, अम्बिका घिमिरे, वसन्त केसि, सुमन कुवर, हरिस भन्डारी, देवेन्द्र सुवेदी निर्वाचित भएका छन् भने सँस्थाका सातै प्रदेशका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था गरिएको छ ׀ त्यसैगरी महिला, जनजाती, दलित, मधेशी र पिछडिएका बर्गलाई आरक्षित कोटामा ५ जनासम्म मनोनित गर्न सक्ने व्यवस्था अधिबेसनले गरेको छ ׀

राष्ट्रियसभाका  अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रथम राष्ट्रिय भेलामा  राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलको बिशेष आतिथ्यता र अतिथिहरुमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिब पहारी, बरिष्ठ मनोबिद डा. सुशील कंडेल, नास्टका टेक्नोलोजी बिभाग प्रमुख डा. रबिन्द्र ढकाल, एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान, एन एमबि बैंकका सीइओ सुनिल केसी लगायतको आतिथ्यता रहेको थियो ।

दुई चरणमा सम्पन्न भएको उक्त भेलाको दोश्रो चरणको कार्यक्रम कास्की जिल्ला समन्वय समितिको सभाहलमा  सम्पन्न भएको थियो ।  दोश्रो चरणको  कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त भेलामा सर्वसम्मत रुपमा कार्यसमिति चयनका  चन्द्र रोकाहाको अध्यक्षतामा पुरन आचार्य, दामोदर नेपाल,  राजेन्द्र प्रसाद देवकोटा  र भूमिनन्द बराल रहेको समिति समेत बनाइएको थियो ।

गत श्रावण २३ मा दर्ता भएर  औपचारिक रुपमा अभियान संचालन गरेको उक्त रिर्टनी माइग्रेन्ट नेपालले  छोटो समयमै ५ वटा प्रदेश सम्मेलन र २० वटा जिल्ला सम्मेलन सम्पन्न गरि कार्य समिति चयन गर्दै देशका अधिकांश भू–भागमा यो अभियान पुर्याइसकेको पनि अध्यक्ष उत्तम अधिकारीले बताएका छन् ।

 

 

 

 

 

वि.सं.२०७६ वैशाख १९ बिहीवार १०:३० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...