back

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

वि.सं.२०७६ वैशाख १९ बिहीवार

36 

shares

१९ वैशाख, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहँुदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ । वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिंह नेपालीले आफूले त्यही भत्ताबाट नियमित औषधि किन्ने गरेकामा भत्ता नपाएपछि समस्या परेको बताए । “नगरपालिकाबाट आएको भत्ताले नियमित खाने औषधि किनेर खान्थे भत्ता नआएको छ महीना बितिसक्यो औषधि किन्ने एक पैसा छैन”, नेपालीले बताए ।

घरको दैनिक खर्च टार्दै आउनुभएकी वनगाड कुपिण्डे–४ चिउराकी विरमी कामीलाई पनि भत्ता नपाएपछि समस्या पर्न थालेको छ । “आम्दानीको अर्को कुनै स्रोत छैन, त्यही भत्ताले घरको खर्च टर्दै आएको थियो छ महीनासम्म नपाउँदा घर चलाउन गाह्रो हुनथालेको छ”, विरामीले बताए ।

अपाङ्गता भएका व्यक्ति वनगाड कुपिण्डे–५ राउचेका ठाकुर बुढाथोकीको पनि समस्या उस्तै छ । मासिक रु ६०० का दरले भत्ता पाउँदै आएका बुढाथोकीले नपाउँदा आफूलाई आवश्यक पर्ने सामान खरीद गर्न नपाएको दुखेसो पोखे ।

नगरपालिकाभित्रका दुई हजार ९७३ ले सामाजिक सुरक्षा भत्ता पाउँदै आएकामा यस आर्थिक वर्षको कात्तिकदेखि रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि रकम निकासा नभएको वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले जानकारी दिए । “कार्यालय प्रमुख सरुवा भएर गएपछि रकम निकासा हुनसकेको थिएन, अब नयाँ आएसकेका छन् छिट्टै सामाजिक सुरक्षा भत्ता वितरण गर्छौँ”, पुनले बताए ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार ११:५५ मा प्रकाशित

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले...

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको...

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...