back
CTIZAN AD

फालिएका ट्याब्लेटको पत्ता यसरी हुन्छ उपयोगी

वि.सं.२०७६ वैशाख १९ बिहीवार

606 

shares

१९ वैशाख, काठमाडौँ । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता खोल तपाईँ के गर्नुहुन्छ वा सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनाएका छन् । उनका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ ।

गीतकारका साथै रेल चालकसमेत रहेका नाग कुशल मूर्तिकारसमेत हुन् । सानै देखिको सोखका कारण उनले फालिएको ट्याबलेटका खोलबाट चित्र बनाउँदै आएको हो । अहिले उनको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उनले बताए । काठमाडौँमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् ।

उनले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाएको भगवान् गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्वीर सुन्दर लाग्छ । पाँच दिनदेखि जारी इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा उनका मूर्तिले धेरैको मन जितेको छ ।

अझ फालिएका औषधिका पत्ताबाट बनाइएको भनेपछि धेरै प्रश्न आउने गरेको कलाकार वीमानले बताए । “नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चित्र अवलोकन गर्र्दा साह्रै राम्रो र उपयोगी काम भनेर प्रशंसा नै गरे”, वीमानले अनुभव सुनाए ।

काठमाडौँमा भएको प्रदर्शनीमा गणेशसहित बुद्ध, बिरालो, मुकुण्डो र दुर्गामाताको मूर्ति छ । फालिएका वस्तुसमेत उपयोगी हुनसक्छ भनेर आफूले मूर्ति प्रदर्शनीका लागि नेपाल ल्याएको उनको भनाइ छ । गाउँ चहारेर ट्याबलेटका खोल सङ्कलन गर्ने गरेको भन्दै उनले धेरै साथीभाइ आफन्त र चिनेजानेको ठाउँमा सङ्कलन अभियान नै चलाउने गरेका छन् ।

यसरी मूर्ति बनाउने आफू भारतको एकमात्रै कलाकार भएको दाबी गर्ने उनले मूर्तिमा भने कुनै पनि बाह्य रङ प्रयोग गर्दैनन् । उनीसँगै पत्नी शाम्पा नाग पनि हुन् । “बीस वर्ष अघि नेपाल घुमेर मात्रै गइयो, यसपालि मूर्तिकला प्रदर्शनीसँगै यहाँको पशुपतिनाथ र स्वयम्भूलगायत ठाउँ घुम्ने मौका मिल्यो, साहै्र सुन्दर, प्रकृतिले भरिपूर्ण छ नेपाल, नेपालीको सहयोगीभावले हर्षित बनाएको छ ।” शाम्पाले भनिन् ।

स्वयम्भूस्तुपाको डिजाइनले आफूलाई मन लोभ्याएको बताउँदै कलाकार वीमानले भने, “अर्को वर्ष यसरी प्रदर्शनीमा आउँदा अवश्य पनि त्यही ट्याबलेटको पत्ताबाट बनेको स्वयम्भूको मूर्ति लिएर आउँछु ।” यहाँ प्रदर्शनीमा भारतका १० कलाकारका चित्रकला राखिएको छ । यस्तै नेपाली चौबीस चित्रकारका चित्र समावेश छन् । एकजना बङ्गलादेशका चित्रकारका चित्र पनि छ ।

चित्रकला प्रदर्शनीका संयोजक सपना शाहका अनुसार यहाँ नेपाल, भारत, बङ्गलादेश र बेलायतका ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा छ । प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, मुहार चित्र समावेश छ । नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि ‘इन्डो–नेपाल कला उत्सव’ आयोजना गरिएको हो ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १३:०४ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...