back

हवाई कारबाहीमा चार तालिबानी मारिए

वि.सं.२०७६ वैशाख १९ बिहीवार

24 

shares

१९ वैशाख टिरिन कोट । अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।

सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।
जारी विज्ञप्तिका अनुसार तालिबान लुकेर बसेको स्थानलाई लक्ष्यगरी यस लडाकू विमानले गत १२ घण्टायता जारी राखेको हबाई कारबाहीमा परी कम्तीमा चार लडाकूको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा तालिबान लडाकूको हातहतियारहरु पनि ध्वस्त भएको छ ।

यस आक्रमणको क्रममा सरकारी फौज र सर्वसाधारणतर्फ भने कुनै क्षति नभएको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १४:५२ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...