
२० बैशाख, काठमाडौ । नेपाल भ्रमणमा रहेका पर्यटकहरुलाई सुरक्षित राख्न पर्यटन विभाग अन्तर्गतको होटल तथा पर्वतारोहण शाखाले अनुरोध गरेको छ ।
जल तथा मौसम बिज्ञान विभाग साथै विभिन्न देशका मौसम विद्हरुले हिमाली क्षेत्रमा भारी हिमपात र तराई क्षेत्रमा हावाहुरी आउने पूर्वानुमान गरिसकेकोले पर्यटक ऐजेन्सीहरुले पर्यटकको सुरक्षामा ध्यान दिन विभागले अनुरोध गरेको छ ।
‘नेपालमा विभिन्न क्षेत्रमा भ्रमणमा रहनु भएका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानु भएका पर्यटकहरुलाई व्यवस्थापन गर्ने ऐजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकहरुलाई सुरक्षित स्थानमा राख्ने तथा कुनै क्षति हुन नदिन प्रवन्ध÷गर्न÷गराउनु भई नेपालको पर्यटन क्षे सुरक्षित र विश्वासनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्न अनुरोध छ ।’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७६ वैशाख २० शुक्रवार १२:१० मा प्रकाशित