back

सहकारीलाई सञ्चालक केन्द्रित नहुन आग्रह

वि.सं.२०७६ वैशाख २१ शनिवार

39 

shares

२१ बैशाख, सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सहकारी संस्था सञ्चालक मात्र नभई शेयर सदस्य केन्द्रित हुनुपर्ने बताएकी छन् । सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्रादेशिक गोष्ठीमा उनले सहकारी क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न प्रदेश सरकारले प्रादेशिक सहकारी ऐन ल्याएको जानकारी दिइन् ।

उनले चालू आवमा सहकारी क्षेत्रले सञ्चालन गर्ने कार्यक्रममा ७० प्रतिशत अनुदान उपलब्ध गराएको बताइन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवको ८० प्रतिशत बजेट सहकारीमैत्री बनाएको उनको भनाइ थियो ।

प्रत्येक जिल्लामा एक÷एक गाउँलाई ‘सहकारी नमूना गाउँ’ शुरु गरिएको उनले बताइन् । “यसका लागि प्रतिगाउँ एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेका छौँ”, मन्त्री केसीले भनिन्। “राज्यको तीन खम्बे अर्थ नीतिभित्र रहेर सहकारीमार्फत् गरीबी निवारणका कार्यक्रम सञ्चालन गरिरहेका छौैँ ।”मन्त्री केसीले कर्मचारी समायोजनको असरले कर्णालीको बजेट कार्यान्वयनमा कठिनाइ भोग्नुपरेको बताइन् ।

राष्ट्रिय सहकारी महासङ्घका केन्द्रीय अध्यक्ष केशवप्रसाद बडालले राज्यले बनाउने ऐन, कानूनका साथै बजेट, कार्यक्रम सहकारीमैत्री हुनुपर्नेमा जोड दिए । आजसम्म सञ्चालन हुने गोष्ठीमा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहकारी अभियानकर्मी, सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिको सहभागिता छ । गोष्ठीमा सहकारी महासङ्घका अध्यक्ष बडालले समृद्धिको यात्रामा प्रदेश, स्थानीय सरकार र सहकारीबीचको समन्वय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा डा उपेन्द्र कोइरालाले सहकारी क्षेत्रको प्रवद्र्धनमा औपचारिक शिक्षा तथा प्रदेश÷स्थानीय सरकारसँग सहकार्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै सहकारी विभागका रजिष्ट्रार डा टोपराज पाण्डेले ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा सहकारीमैत्री कानून तथा नीतिहरु’ विषयक कार्यपत्र र प्रदेश तथा सहकारी ऐन, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाबीच समन्वय र सहकार्यका विषयमा समूहगत छलफल सत्र सञ्चालन हुने राष्ट्रिय सहकारी महासङ्घका नायब महाप्रबन्धक बाबुल खनालले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख २१ शनिवार १०:०३ मा प्रकाशित

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख...

७० वर्ष पुगेपछि चाहियो नागरिकता

७० वर्ष पुगेपछि चाहियो नागरिकता

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने...

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा...