
२२ बैशाख, काठमाण्डौं । सन्राइज बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ २९ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठद्धारा एक समारोहका बीच उद्घाटन गरिएको उक्त अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने पनि बैंकले जनाएको छ ।
वि.सं.२०७६ वैशाख २२ आइतवार १०:३९ मा प्रकाशित






























