back

कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

वि.सं.२०७६ वैशाख २२ आइतवार

33 

shares

२२ वैशाख, काठमाडौँ । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । “पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,”–उनले बताए । महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो ।

महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर कामसमेत शुरु गरिसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महीने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर, जेब्राक्रसिङ र आकाशे पुल निर्माण गर्नाका साथै सवारी साधनको प्रदूषण जाँचलगायत काम ट्राफिक प्रहरीले गर्दै आएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १३:४५ मा प्रकाशित

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख...

७० वर्ष पुगेपछि चाहियो नागरिकता

७० वर्ष पुगेपछि चाहियो नागरिकता

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने...

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा...