
२२ बैशाख, काठमाडौं । रामचन्द्र काफ्ले र अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ ।
विनोद बाजुरालीको संगीत रहेको उक्त गीत डिबी खड्काले लेखेका हुन ।
म्युजिक भिडियोको निर्देशनमा शंकर विसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए ।
म्युजिक भिडियोमा शंकरका साथै लोकदोहोरीका चर्चित महिला नृत्यंगाना फिचर भएका छन् । शंकरसँग अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरले नृत्य गरेका छन् । भिडियोमा दुर्गा पौडेलको सिनामाटोग्राफी रहेको छ ।
मालश्री रेकर्डिङ स्टुडियो रेकर्ड भएको गीतलाई अनिता चलाउनेले प्रस्तुत गरेकी हुन् ।
वि.सं.२०७६ वैशाख २२ आइतवार १४:३८ मा प्रकाशित