२३ बैशाख, लेखनाथ । बुटवलकी मनिषा विक पब्लिक हेल्थमा स्नाकोत्तर अध्ययन गर्न गतसाता पोखरा आइन् । केन्द्रीय क्याम्पसकै आडमा रहेको निजी होस्टेलमा बस्ने निधो गरिन् ।
आमासँगै आएकी उनलाई होस्टेल सञ्चालक जमुना सापकोटाले पूरा नाम सोधिन् । नाम–थर सुनेपछि उनी अक्मकिइन् । श्रीमान् विजय सापकोटासँग सल्लाह गर्नुपर्ने भन्दै पन्छिन खोजिन् ।
केही बेरपछि जमुनाले ‘ होस्टेलमा एकजनालाई मात्र छुट्टै खाना पकाउन नसक्ने’ भएकाले नराख्ने बताइन् । आफूलाई दलित भएकैले होस्टेलमा भर्ना नगरिएपछि मनिषा प्रहरीकोमा पुगिन् । उनकी साथी ज्योति सुनारले जमुनाविरुद्ध उजुरी दिएन् । बैशाख १५ गते प्रहरीले जमुनालाई पक्रेर थुनामा राख्यो ।
उनलाई छुटाउन समाजसेवी देखि जनप्रतिनिधि सम्म जिल्ला प्रहरी पुगे । दबाब थेग्न नसकेपछि ज्योतीले उजुरी फिर्ता लिइन् । सोमबारको कान्तिपुर दैनिकमा दीपक परियारले पोखराबाट लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २३ सोमवार ०७:२३ मा प्रकाशित