
२३ बैशाख, काठमाण्डौं । आइतबार दिनभरजसो सरकारी वेवसाइटहरु खुल्न सकेनन् । एकसाथ ‘सर्भर डाउन’ हुँदा बैदेशिक रोजगार राहदानी, राजस्व र मालपोत लगायतका सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नु पर्यो ।
एकैपटक हजार भन्दा बढी सरकारी वेवसाइटले काम नगर्दा अनलाईन प्रणालीमा अधारीत सरकारी सेवा अवरुद्ध भयो ।
चिनियाँ ह्याकरले सरकारी वेवसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्य्रको अनुसन्धानले पत्ता लगाएको हो ।
त्यसो त चारदिनदेखि लगातार सरकारी वेवसाइटमाथि आक्रमणको प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेलले बताए । सोमबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ वैशाख २३ सोमवार ०८:१० मा प्रकाशित






























