
ओस्लो नर्वे । यहि ४ मईका दिन Everest Idresttslag को आयोजनामा नर्वेमा प्रथम इन्डोर भलिबल लिग टुर्नामेन्टG6 -Indoor Volleyball leage Tournament सम्पन्न भएको छ ।
स्वस्थ्य, मनोरन्जनका लागि खेलकुद, ‘स्वस्थ्य तन’ ‘स्वस्थ्य मन’ भन्ने सोचबाट अभिप्रेरित नर्वेमा बैद्यानिकता पाएको एकमात्र नेपालीहरुको संस्था Everest Idresttslag Indoor Volleyball League Tournament आयोजना गरेको हो ।
खेलको माध्यमबाट पनि नर्वेमा स्थापित नेपाली तथा अन्य संघसंस्थावीच भाइचारको सम्बन्ध मजबुत बनाउने उद्धेश्यले स्थापीत भएको यो संस्थामा गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली पोर्तुगिज समाज (नेपोस), नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली एकता मंच र आयोजक संस्था गरी प्रतियोगितामा ५ टिम सहभागी रहेका थिए ।
एनआरएनए एनसीसी नर्वेका अध्यक्ष संजिव कुमार थापाद्धारा उद्घाट गरिएको उक्त प्रतियोगितामा अनुमति प्राप्त Dommer रेफ्रीको सहयोगमा सम्पन्न खेलमा झण्डै १५० जना दर्शकहरुको उपस्थिति रहेको थियो भने प्रतियोगिता अत्यन्तै प्रतिश्पर्धात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको फाइनल खेल नेपाली पोर्तुगिज समाज र आयोजक संस्थाबीच कडा प्रतिश्प्रर्धा रहेता पनि नेपोसले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
साथै आयोजक संस्थाले दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । प्रतियोगितमा जित हासिल गरेको नेपोसलाई एनआरएनएका अध्यक्ष संजिव कुमार थापा र उपविजेताEverest Idresttslag लाई रत्न प्रसाद सापकोटाद्धारा पुरस्कार प्रदान गरिएको थियो ।
आयोजकको तर्फबाट टीम मेनेजर सिद्धान्त घले रहेका थिए भने प्रथम हुने नेपोसको टीमबाट मेनेजर संस्थाका युवा संयोजक राजन गौचनले ब्यबस्थापन गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय हुने टिमलाई नगद, शिल्ड तथा ट्रफी बितरण गरिएको थियो ।
कार्यक्रममा नर्वेमा स्थापित भएका नेपाली संस्थाको तर्फबाट संजिव कुमार थापा, जितेन्द्र शाही ,सुरेन्द्र थपलिया, बिश्वास बजगाईँ र रत्नप्रसाद सापकोटाले प्रतिनिधित्व गरेका थिए । कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट अध्यक्ष (styreleder ) सन्तोष वानियाले सहभागी खेलाडी तथा अन्य उपस्थित जनसमुदायलाई संस्थाको तर्फबाट धन्यबाद दिएका थिए ।
वि.सं.२०७६ वैशाख २३ सोमवार १६:३४ मा प्रकाशित