back
CTIZAN AD

६६ किलो चरेस बोकेका तीन भारतीय पक्राउ

वि.सं.२०७३ कात्तिक २७ शनिवार

978 

shares

२७ कात्तिक, चितवन । नारायण–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुरको रामनगरमा ६६ किलो चरेससहित तीन जना भारतीय नागरिक शुक्रबार साँझ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मकवानपुरको दामनबाट नौबिसे हुँदै चितवनको बाटोबाट भारततर्फ लैजाने क्रममा बिआर ५५–३०७० नम्बरको गाडीमा चरेस लुकाइछिपाइ लादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । गाडीको चेसिस तल फल्स बटम बनाइ लुकाइ राखेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सो क्रममा गाडीका चालक भारत मोतीहारीका २५ वर्षीय चुन्नु तिवारी, सोही ठाउँ बस्ने २८ वर्षीय सुधीरकुमार दुबे र २६ वर्षीय चन्दन त्रिपाठी पक्राउ परेका छन् । यसअघि उनीहरुले तीनपटकसम्म लुकाइछिपाइ लागुऔषध चरेस लगेको बयान दिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०३:५४ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...