back
CTIZAN AD

छिमेकीले उजुरी दिएपछि पाँच सय घरधनी कारबाहीमा

वि.सं.२०७३ कात्तिक २७ शनिवार

753 

shares

२७ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियमविपरीत भवन निर्माण गर्ने ५०० घरधनीलाई कारबाही गरेको छ ।

कामपा भवन इजाजत महाशाखा प्रमुख राम थापाका अनुसार २०५५ सालबाट सुरु गरेको अभियानमा हालसम्ममा ५०० भवन निर्माण धनीलाई कारबाही गरिसकेको छ ।

वार्षिक रुपमा २५ देखि ३० जनालाई कारबाही गर्दै आएको छ ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुरुप कारबाही गर्दै आएको थापाले जानकारी दिनुभयो । अहिलेसम्म गरेका कारबाही छिमेकीले दिएको उजुरीका आधारमा गरिएको कामपाले जानकारी गराएको छ ।

विशेषगरी अशन, इन्द्रचोक, न्यूरोडलगायत भित्री क्षेत्र बढीमात्रामा नियमविपरीतका घर रहेको पाइएको छ । कामपाले दिदै आएको बत्ती, पानी, फोहर लगायतका सबै सेवासुविधा कटौती गर्दै आएकोे छ ।

त्यसैगरी नियमविपरीत निर्माण भएका धनीलाई कारबाहीको प्रक्रिया सुरु गरेसँगै कामपामा निर्माण सम्पन्न प्रमाणपत्र लिनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । कामपाले गरेको कडाइ र नगरवासीमा वृद्धि हुँदै गएको चेतनाका कारण पछिल्लो समय निर्माण सम्पन्न लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।

एक वर्षअघि मुस्किलले मासिक १५ घरधनीले निर्माण सम्पन्नका लागि निवेदन आउने गरेको भए पनि अहिले ३० वटासम्म निवेदन आउने गरेको छ । अहिले निर्माण सम्पन्न प्रमाणपत्रको तुलनामा नक्सा पासका लागि भने निवेदन कम आउने गरेको छ ।

किराना पसल नियम विपरीत सञ्चालित

यसैगरी आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागअन्तर्गतको उपभोक्ताहित तथा बजार अनुगमन शाखाको अनुगमन टोलीले आज छ वटा किराना स्टोरमा अनुगमन गरेको छ ।

विभागको टोलीले प्रनभ किराना पसल कालिकास्थान, श्याम स्टोर ज्ञानेश्वर, शारदा स्टोर ज्ञानेश्वर, गणपति स्टोर ज्ञानेश्वर, सागर बजगाईं स्टोर, मैतीदेवी र आयुष एन्ड आरूष टे«डर्स, मैतीदेवीमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले छवटै स्टोरमा व्यवसाय दर्ता प्रमाणपत्रअनुसारको साइनबोर्ड नभएको, लेबल प्रष्ट नभएका सामान बिक्री वितरण गरिएको, मूल्यसूची नभएको, नापतौल यन्त्र प्रमाणीकरण नगरिएको, म्याद नाघेका खाद्य तथा अखाद्य सामान एकैठाउँमा भएको र सरसफाइ नभएको जस्ता साझा समस्या पाइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

विभागले कारबाहीस्वरूप व्यवसाय दर्ताअनुसारको साइनबोर्ड राख्न, लेबल प्रष्ट भएका सामानमात्र बिक्री वितरण गर्न तथा खुला राखेर सामान बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०३:५६ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...