back
CTIZAN AD

एनसेलको विवाद पूर्ण इजलासमा पेश गर्न आदेश

वि.सं.२०७६ वैशाख २४ मंगलवार

627 

shares

२४ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए ।

उनका अनुसार यसअघि यही वैशाख १२ गते अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै वस्तुको गम्भीरतालाई मध्यनगर गर्दै पूर्ण इजलासमा जेठ २१ गते विवादलाई पेश गर्न आदेश दिएको हो । “निवेदकले निवेदनमा उठाएका कर निर्धारणको विविध प्रश्न र कार्यान्वयनका क्षेत्रमा देखा परेका विभिन्न पहलमा निवेदनको पूर्ण सुनवाइ हुँदाका बखतमा विचार हुने नै हुँदा लिखित जवाफ प्राप्त नभएको प्रारम्भिक अवस्थामै त्यसतर्फ केही बोलिरहनुपरेन”, आदेशमा भनिएको छ, “यस अदालतको बृहत्पूर्ण इजलासबाट अभिव्यक्त भएको तथ्य र विवादलाई निर्धारण गर्नेछ ।”

वि.सं.२०७६ वैशाख २४ मंगलवार २०:५२ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...