back
CTIZAN AD

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

वि.सं.२०७६ वैशाख २५ बुधवार

699 

shares

२५ वैशाख, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ट्र्याक्टरका चालक याङवरक–३, ओयामका २१ वर्षीय सन्तोष मगर र सह–चालक फिदिम–९, लुम्फाबुङका २० वर्षीय धीरेन राई घाइते भएका छन् ।

कुम्मायक–२, माङजाबुङस्थित सुब्बाटोलबाट सल्लाको काठ लिई चौथी बजारतर्फ जाने क्रममा अनियन्त्रित भई लु १ त ६२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख २५ बुधवार १४:३६ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...