back
CTIZAN AD

टर्कीमा राष्ट्रपतीय प्रणाली हुनेमा प्रधानमन्त्रीको विश्वास

वि.सं.२०७३ कात्तिक २७ शनिवार

732 

shares

२७ कात्तिक, अङ्कारा (टर्की) । टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले आफ्नो मुलुकमा राष्ट्रपतीय शासन प्रणालीलाई मान्ने गरी संवैधानिक सुधार गर्न राष्ट्रवादी दलहरूको समर्थन रहनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री यिल्दिरिमको यो प्रतिक्रिया उहाँले टर्कीको नेसनलिस्ट मुभमेन्ट पार्टीका नेतासँग भेट गरेको एक दिनपछि आएको र उक्त दलले राष्ट्रपतीय प्रणालीको व्यवस्था हुने गरी ल्याइने प्रस्तावमा समर्थन गर्ने धारणा व्यक्त गर्नुभएको हो ।

वर्तमान राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई आलङकारिक राष्ट्रपतिबाट कार्यकारी राष्ट्रपति बनाउने प्रयासस्वरूप प्रधानमन्त्रीले नेसनलिस्ट मुभमेन्ट पार्टीका नेतालाई भेट गर्नुभएको हो ।

अहिलेसम्म टर्कीको प्रतिपक्षी दल नेसनलिस्ट मुभमेन्ट पार्टीले एर्डोगानलाई थप शक्तिशाली बनाउने गरी राष्ट्रपतीय शासन प्रणालीलाई संविधानतः व्यवस्था गर्न असहमति जनाउँदै आएको छ । “ईश्वरले नेसनल मुभमेन्ट पार्टीसँग राष्ट्रपतीय प्रणालीमा जान इच्छा प्रकट गर्नुभएको र उक्त पार्टीको समर्थनमा कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनेछ,” यिल्दिरिमले बताउनुभयो ।

नेसनलिस्ट पार्टीका उच्च अधिकारीले यही अप्रिलमा संवैधानिक परिवर्तनका लागि संसदमा छलफल गरिनुपर्ने र जनमतसङ्ग्रहमार्फत यस विषयमा निर्णय लिइनुपर्ने बताएका थिए । एपी

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:३१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...