back
CTIZAN AD

आईएसद्वारा मोसुलमा रासायनिक हतियारको प्रयोग : राष्ट्रसङ्घ

वि.सं.२०७३ कात्तिक २७ शनिवार

930 

shares

२७ कात्तिक, जेनेभा (स्वीट्जरल्यान्ड) । इराकको मोसुलमा इराकी फौजले इस्लामिक स्टेट (आईएस) समूह विरुद्ध कारबाही सशक्त पारेपछि आईएस समूहले रासायनिक हतियारको समेत प्रयोग गरी आफ्नो समूहको प्रतिरक्षा गरेको प्रमाण भेटिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ मानव अधिकारको कार्यालयल जनाएको छ ।

विश्व समुदायबाट आईएसले मोसुलका सर्वसाधारणलाई मानवीय ढालको रूपमा प्रयोग गरेको भन्ने चासो व्यक्त भइरहेका बेला राष्ट्रसङ्घ मानवअधिकार कार्यालयकी प्रवक्ता रविना संदासिनीले आईएसले अक्टुबर २३ मा अल मिसराग सल्फर उद्योगमा आक्रमण गरेपछि निस्केको आगोको मुस्लोबाट चार जनाको मृत्यु भएको बताउनुभयो ।

जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै आईएस समूहले मोसुलमा ठूलो मात्रामा एमोनिया र सल्फरलाई मानवबस्तीमा भण्डारण गरी राखेका जनाउँदै अन्तर्राष्ट्रिय कानुनले यस्ता रासायनिक पदार्थको भण्डारण मानव बस्तीबाट टाढा एकान्तमा मात्र गर्न पाइने व्यवस्था गरेको बताउनुभयो ।

सरकारी फौजले आईएस विद्रोहीविरुद्धको आक्रमणलाई मोसुलमा केन्द्रित गरेपछि अक्टुबर पछि शुक्रबारसम्म करिब ४८ हजार मानिस यस क्षेत्रबाट बाहिरिएको राष्ट्रसङ्घ अधिकारीले बताए ।

यसैबीच विद्रोहीले यस हप्ता ६० सर्वसाधारणलाई सरकारी सुरक्षा फौजसँग सहकार्य गरेको आरोपमा गोली हानी हत्या गरेका राष्ट्रसङ्ले शुक्रबार बताएको छ । आक्रमण गरी हत्या गरेपछि उनीहरूका शवलाई मोसुलका विभिन्न चोकमा विजुलीको पोलमा झुण्डाइएको अवस्थामा स्थानीयले भेटेको पनि बताइएको छ । एपी÷एएफपी

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:३२ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...