Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

आईएसद्वारा मोसुलमा रासायनिक हतियारको प्रयोग : राष्ट्रसङ्घ



२७ कात्तिक, जेनेभा (स्वीट्जरल्यान्ड) । इराकको मोसुलमा इराकी फौजले इस्लामिक स्टेट (आईएस) समूह विरुद्ध कारबाही सशक्त पारेपछि आईएस समूहले रासायनिक हतियारको समेत प्रयोग गरी आफ्नो समूहको प्रतिरक्षा गरेको प्रमाण भेटिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ मानव अधिकारको कार्यालयल जनाएको छ ।

विश्व समुदायबाट आईएसले मोसुलका सर्वसाधारणलाई मानवीय ढालको रूपमा प्रयोग गरेको भन्ने चासो व्यक्त भइरहेका बेला राष्ट्रसङ्घ मानवअधिकार कार्यालयकी प्रवक्ता रविना संदासिनीले आईएसले अक्टुबर २३ मा अल मिसराग सल्फर उद्योगमा आक्रमण गरेपछि निस्केको आगोको मुस्लोबाट चार जनाको मृत्यु भएको बताउनुभयो ।

जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै आईएस समूहले मोसुलमा ठूलो मात्रामा एमोनिया र सल्फरलाई मानवबस्तीमा भण्डारण गरी राखेका जनाउँदै अन्तर्राष्ट्रिय कानुनले यस्ता रासायनिक पदार्थको भण्डारण मानव बस्तीबाट टाढा एकान्तमा मात्र गर्न पाइने व्यवस्था गरेको बताउनुभयो ।

सरकारी फौजले आईएस विद्रोहीविरुद्धको आक्रमणलाई मोसुलमा केन्द्रित गरेपछि अक्टुबर पछि शुक्रबारसम्म करिब ४८ हजार मानिस यस क्षेत्रबाट बाहिरिएको राष्ट्रसङ्घ अधिकारीले बताए ।

यसैबीच विद्रोहीले यस हप्ता ६० सर्वसाधारणलाई सरकारी सुरक्षा फौजसँग सहकार्य गरेको आरोपमा गोली हानी हत्या गरेका राष्ट्रसङ्ले शुक्रबार बताएको छ । आक्रमण गरी हत्या गरेपछि उनीहरूका शवलाई मोसुलका विभिन्न चोकमा विजुलीको पोलमा झुण्डाइएको अवस्थामा स्थानीयले भेटेको पनि बताइएको छ । एपी÷एएफपी


-->

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । असोज

वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई

पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने

हेटौँडा । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका