Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

सरकारको स्वरूपबारे छिट्टै निर्णय लिइने : ट्रम्प



donald-trump

२७ कात्तिक, वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरूप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरूको छिट्टै टुङ्गो लगाउने बताउनुभएको छ ।

न्युर्योर्कमा आगामी कार्ययोजनाबारे व्यस्तताकाबीच छलफल भएको खुलासा गर्दै आफ्नो ट्वीटमार्फट अब छिट्टै आगामी सरकारमा कस्ता सदस्यले आफूलाई सहयोग गर्ने छन् भन्ने विषयमा सार्वजनिक गरिने बताउनुभएको छ ।

मङ्गलबार डेमोक्रेट पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेपछि निकै व्यस्त बन्नुभएका उहाँले आफूले छिट्टै नयाँ सरकारमा ल्याइने सदस्यबारे महत्वपूर्ण निर्णय लिन लागेको बताउनुभएको हो ।

ट्रम्पसँग १५ सदस्यीय मन्त्रिपरिषद्को निर्माण गर्न अझै ७० दिन बाँकी छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सन् २०१७ को राष्ट्रपतिका रूपमा सपथ लिनु हुनेछ ।

वर्तमान राष्ट्रपति बाराक ओबामाले आफूले शान्तिपूर्ण तथा सहजरूपमा सत्ता हस्तान्तरण गर्ने विषय आफ्नो केही प्राथमिकता मध्ये एक भएको भन्दै शान्पिूर्ण सत्ता हस्तान्तरणका लागि आफू आतुर रहने बताउँदै आउनुभएको छ । एएफपी


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।