back

सवारी दुर्घटनामा परी ७ को मृत्यु ४२ घाईते

वि.सं.२०७६ वैशाख २६ बिहीवार

27 

shares

२६ बैशाख, काठमाण्डौं । सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न ठाउँमा बुधबार भएको दुर्घटनमा परेर ७ को मृत्यु भएको र ४२ जना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार १५ः२० बजेदेखि साँझ २०ः५० बजेसम्मको सो अवधिमा सिन्धुपाल्चोक, मोरङ, बाग्लुङ, म्याग्दी, धनुषा, रामेछाप, सर्लाही र नवलपरासी (पुर्व) मा ती दुर्घटना हुँदा ७ जनाको ज्यान गएको ।

दुर्घटनामध्ये सिन्धुपाल्चोक बलेफीस्थित बलेफी बजारमा बा.३ ख ९३४ नम्बरको बसले बा.७२ प ९०३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बलेफी बजारमा सुन पसल गरी बस्ने बाह्रबिसे घुम्थाङका २५ वर्षीय विजय प्रधानको घटनास्थालमै मृत्यु भएको हो ।

बस खाडीचौरबाट बलेफीतर्फ जाँदै गरेको थियो । दुर्घटनाको बिषयलाई लिएर मृतकका आफन्तले बाटो अवरोध गर्नुका साथै प्रहरीको गाडीमा ढुङ्गामुढा गर्दा ११ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।

ढुङ्गामुढा प्रहार गर्ने ४ जना र बस चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । साथै मोरङ बुढिगंगा बासबारीमा को.१ क १५६५ नम्बरको ट्रकले को.१ ज २२७७ नम्बरको भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार सुनसरी इटहरी बस्ने ५७ वर्षीय देव प्रसाद अधिकारीको मृत्यु भएको छ ।

भ्यानका चालक सुनसरी चतराका २६ वर्षीय जिवना खड्का समेत गरी ११ जना घाइते भएका छ । घाइतेहरुको बिएमसि अस्पताल गंगा चोकमा उपचार भइरहेको छ ।  ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाग्लुङ निसीखोला धुँवाकोटमा गुडिरहेको लु.१ च ६७५२ नम्बरको पिकअप भ्यानबाट खसेर सोही ठाउँ बस्ने खीम बहादुर सुनारका १२ वर्षीय छोरा लक्षु सुनारको मृत्यु भएको छ ।

भ्यान झिवाखोलाबाट बुर्तिबाङतर्फ जाँदै गरेको थियो । दुर्घटनामा घाइते भएका भ्यानमा सवार खेमलाल सुनारको १२ वर्षीय छोरा बिष्णु सुनारको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै म्याग्दी बेनी नेप्टेचौरमा बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना।५ ख ५७२४ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषा नगराईन तीनगाछियामा ना.३ ख २९८६ नम्बरको बसले ज.९ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत मधुवनी बस्ने ४० वर्षीय सुरेन्द्र यादवको मृत्यु भएको छ ।

उक्त बस नगराईनबाट जनकपुरतर्फ जाँदै गरेको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जनकपुर अंचल अस्पतालमा उपचारको भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रामेछाप मन्थली पुरानोगाउँमा बा.५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक खाँडादेवी बस्ने २३ वर्षीय लोप्साङ लामाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पुरानोगाउँ बस्ने खड्क बहादुर श्रेष्ठको १२ वर्षीय छोरा चोक कुमार श्रेष्ठको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

यसैगरी सर्लाही हरिवन मुसलमान टोलमा ना.३ ख ५६१५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थान बस्ने शेख मेराजु बिनको १६ वर्षीय छोरा शेख खुस्बु बिनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

नवलपरासी(पुर्व) बिनयीत्रिबेणी ज्यमिरेमा ना.४ ख ४९७६ नम्बरको ट्रकले ना.६ ख ४८०८ नम्बर र ना.५ ख ३८७१ नम्बरका ट्रकलाई ठक्कर दिँदा ना.४ ख ४९७६ नम्बरको ट्रक र ना.५ ख ३८७१ नम्बरको ट्रकका सहचालक गरी २ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएका स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १६:०५ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...