back
CTIZAN AD

माग पुरा हुनेभएपछि आन्दोलनरत मजदुर काममा फर्किए

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

756 

shares

२७ वैशाख, काठमाडौँ । सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा फर्केका छन् ।

व्यवसायी र आन्दोलनरत श्रमिकबीच पारिश्रमिक वृद्धि, तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउनेलगायत १२ बुँदे सहमति भएसँगै सम्पूर्ण श्रमिक आजदेखि नियमित काममा फर्किएको अखिल नेपाल पसल तथा सेल्स मजदुर सङ्घ बागबजार कमिटीका अध्यक्ष रामहारि गौतमले जानकारी दिए ।

दुई पक्षबीच बढ्दो महँगीलाई मध्यनजर गर्दै खाइपाई आएको आधारभूत पारिश्रमिकमा २५ प्रतिशले वृद्धि गर्ने सहमति भएको छ । वृद्धि गरिएको २५ प्रतिशत तलबमध्ये यही वैशाख १ गतेदेखि लागू हुने गरी १५ प्रतिशत र २०७७ वैशाख देखि १० प्रतिशत पारिश्रमिक वृद्धि गरिने सहमतिमा उल्लेख गरिएको छ ।

त्यसैगरी नयाँ नियुक्ति भएका कर्मचारीको हकमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने र एक वर्ष काम गरेको कर्मचारीको हकमा कार्यवर्षको अनुपातमा सोही बमोजिम ग्रेड वृद्धि गरी तलब समायोजन गर्ने सहमतिसमेत भएको छ । सरकारले गत साउन १ गतेदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक रु १३ हजार ४५० तोकेको छ ।

एक बीस दिनभन्दा बढी काम गरेको श्रमिकलाई आजकै मितिदेखि स्थायी नियुक्तपत्र दिने, नयाँ कामदार नियुक्त गर्दा १२० दिन तालीम र परीक्षण अवधि राखी सो अवधि पूरा गर्ने सबैलाई स्थायी नियुक्ति पत्र दिने तथा उपदान कोषको सम्बन्धमा श्रम ऐन बमोजिम कार्यान्वयन गर्ने सहमति भएको छ ।

त्यसैगरी सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने, कोषमा सूचीकृत नहुञ्जेलसम्म आधारभूत पारिश्रमिकमा १० प्रतिशत थप गर्ने, प्रत्येक मजदुरको रु सात लाखको २४ घन्टे बीमा गर्ने, सम्पूर्ण श्रमिकलाई ३४ दिन घर बिदा र १२ दिन सार्वजनिक दिने, मजदुरको खाजा भत्ता दैनिक रु १५० दिने सहमति भएको छ । सहमतिअनुसार प्रत्येक महिनाको ५ गतेभित्र सम्पूर्ण श्रमिकको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गरिनेछ ।

आन्दोलनरत श्रमिक र मजदुरबीच भएको उक्त सम्झौता २०७८ असार मसान्तसम्म क्रियाशील रहने र सो समयपछि नेपाल सरकारले तोक्ने श्रमिकको पारिश्रमिकलयायत सेवा, सुविधालाई वृद्धि गर्दै जाने सहमति भएको छ । सहमतिपत्रमा सङ्घको तर्फबाट अध्यक्ष गौतम, उपाध्यक्ष उपाध्यक्ष कृष्ण नेपाल र सचिव अस्मिता प्रधान तथा व्यवस्थापकको तर्फबाट ‘हिलटप टेलर्स’का तर्फबाट जुजुभाई महर्जन, ‘अनुपम सर्टिङ सुर्टिङ टेलरिङ’को तर्फबाट लीला राई, ‘द ह्यारी कलेक्सन’को तर्फबाट राजमान महर्जन र ‘टिपटप टेलर्स’को तर्फबाट चन्द्र रणपाललगायतले हस्ताक्षर गरेका छन् ।

बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत सम्पूर्ण श्रमिक व्यवसायीले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले गरेको व्यवस्था कार्यान्वयन नगरेको भन्दै आन्दोलित भएका थिए । उनीहरुले यही वैशाख २२ गतेदेखि कालोपट्टी बाँधेर धर्ना शुरु गरेका थिए ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १९:११ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...