back
CTIZAN AD

श्रीमानले घर निकालाले पछि श्रीमती भौतारिँदै सदरमुकाम

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

849 

shares

२७ वैशाख । तातोपानी गाउँपालिका–१ राँका जन्म घर भई तातोपानी–७ सर्मीमा विवाह गरेकी न्यूनदृष्टियुक्त किशोरी गाँसबासको खोजीमा भौँतारिँदै जुम्ला सदरमुकाम खलङ्गा पुगेकी छन् । सँगै जिउने वाचा गरेर न्यूनदृष्टियुक्त मानबहादुर कुँवरसँग विवाह बन्धनमा बाँधिएकी २० वर्षीया सरिता डाँगी घर निकाला गरेपछि अलपत्र परेकी हुन् ।

एक वर्षअघि कुँवरसँग विवाह गरेका उनलाई श्रीमानले घर निकाला गरेपछि आफू विचल्लीमा परेर माइतीघरमा आएको बताइन् । उनले भनिन्, “आमाबाबुले पनि बेवास्ता गर्न थालेपछि गाँसबासका लागि जोहो गर्न भौतारिएकी हुँ ।”

बाबु भारतमा काम गर्न गएका र आमाले बस्न नदिएपछि बाध्य भएर आफू निस्कनुपरेको उनले दुखेसो पोखिन्। साथमा पुरानो कपडाको कुम्लो बोकेर उनी जिल्ला प्रहरी कार्यालय अगाडि बसेर रुँदै जीवनको सहारा खोजिरहेकी छन् । दृष्टिविहीनभित्रै बहुविवाह र जातीय भेदभावमा परेका डाँगीका श्रीमान मानबहादुरले उनीसँग बिहे गर्नुअगाडि तिला गाउँपालिका–३ की गौजी सुनारसँग बिहे गरेका थिए ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १९:१५ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...