back
CTIZAN AD

एनआरएनए केन्याद्धारा नेपाल सरकारका मन्त्री तथा मुख्यसचिवको स्वागत

वि.सं.२०७३ कात्तिक २७ शनिवार

1K 

shares

kenya2

गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
संघियताको विषयमा अध्ययन सिलसिलामा केन्यामा आउनु भएका भएका नेपाल सरकारका प्रशासनमन्त्री केसबराज बुढाथोकी, मुख्यसचिब सोमलाल सुबेदी, सचिब पूर्णचन्द्र भट्टराई ,सहसचिब निता पोख्रेल अर्याल, सचिब चन्द्र कुमार घिमिरे, तथा नेपालका लागि वल्र्ड बैंकका भुतपुर्ब डाइरेक्टर, सिनियर इकोनोमिक एडभाइजर अफिस अफ द डेपुटी प्रेसिडेन्टलाई शुक्रबार स्वागत गरेको छ ।
कर्यक्रममा एनआरएनए केन्याका अध्यक्ष रामचन्द्र बश्याल, उपाध्यक्ष प्रकाश रायमाझी, सचिव विष्णु कार्की, सल्लाहकार रबिन्द्र पौड्याल ,सदस्य सुरज डुम्रेका साथै अवैतनिक बाणिज्यदूत जिमी आस्करक लगायतको उपस्थितिरहेको थियो ।

kenya1
उक्त कार्यक्रममा एनआरएनए केन्याले मानब तस्करीको बढ्दो चाप र धेरै नेपाली दाजुभाई तथा दिदिबहिहरु दलालद्वारा अफ्रिकाका केन्या लगायत अनेक देशहरुमा अलपत्र पारेको बारेमा अबगत गराएको थियो ।, पुर्बी अफ्रीकालाई ध्यानमा राखी केन्यामा एउटा राजदुताबास अति आबस्यक भएको कुरा पनि नेपाल सरकारसंग अनुरोध गरिएको थियो ।

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०५:१० मा प्रकाशित