back
CTIZAN AD

अपांग भनेर स्कुलमै भर्ना पाएनन रविन परियारले

वि.सं.२०७६ वैशाख २८ शनिवार

756 

shares

२८ बैशाख, काठमाण्डौं । उनी दुवै खुट्टम टेक्न सक्दैनन् । अरुको सहारामा हिँड्नुपर्छ । नभए ह्विलचेयरमा हिँड्छन् । शरीर भने हृष्टपुष्ट छ । बोल्न र लेख्न कुनै समस्या छैन ।

६ वर्षीय यी रविन परियालाई पोखराको छोरेपाटनस्थित छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थाले भने, ‘हामी जिम्मा लिन सक्तैनौं घरमै पढाउनू ।’

रविन नर्सरी पास गरेर एलकेजीमा पुगेपछि अभिभावकले भर्नाका लागि छोरेपाटन मावि पुर्याएका थिए । शिक्षक भने सुरक्षाका कारण देखाउँदैं जिम्मा लिन नसक्ने भन्दै टकटकिए ।

‘छोरो पढाइदिनका लागि बारम्बार स्कुल धाएको छु,’ रविनका बाबु कुमारले भने, ‘छोरो स्कुलै गएर पढ्छु भन्छ । विद्यालय जिम्मा लिन सक्दैनौं भन्दा पीर लागेको छ ।’ उनी छोरा पढाईदिन अनुरोध गर्दै ६ पटक सम्म स्कुल धाई सकेका छन् ।

कुमारका अनुसार त्यसक्रममा एक शिक्षिकाले रविनको नाम लिनासाथ ‘समस्या हाम्रो हैन तपाइको हो, अब यहाँ हुँदै हुँदैन’ भनेर फर्काइन् ।

शनिबारको कान्तिपुर दैनिकमा कास्कीबाट विना थापाले लेखेकी छन् ।

वि.सं.२०७६ वैशाख २८ शनिवार ०७:५६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...