
२८ बैशाख,काठमाण्डौं । विभिन्न देशमा रहेका मनकारी नेपालीहरुले विरामी मिथुन हाङ्गामको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
ट्रान्सफर मेलाइटिज रोगबाट लामो समय थलिएका हाङगमको उपचारका लागि हेमराज नाल्बो युकेबाट रु १० हजार, धन श्रेङ चोङ्बाङ युके १० हजार, कल्पना थेबे इजरायल ५ हजार र राकेश सवदेन लिम्बूले हंङकङबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बहराइनमा कार्यरत अमृता नाल्बोले बताएकी छन् ।
साँखुस्थित शुष्मा कोइराला मेमोरियल हस्पिटलमा पुगेर समाजसेवी तथा पत्रकार बिजय उप्रेतीले शुक्रबार अस्पतालमै पुगेर उक्त ३० हजार रुपैयाँ हाङ्गामलाई हस्तान्तरण गरेका थिए ।
वि.सं.२०७६ वैशाख २८ शनिवार ०९:२१ मा प्रकाशित






























