२९ बैशाख, काठमाण्डौं । नेपाली कांग्रेस निकट कर्मचारी संगठनभित्र आन्तरिक विवाद तिब्र बनेको छ ।
विवाद बढ्दै जाँदा शनिबार जुम्लामा बसेको बैठकमा नेपाल निजामति कर्मचारी युनियन (संघ) को चौथो पूर्ण बैठक महासचिव सहित १३ पदाधिकारीले बहिष्कार गरेका छन् ।
८५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, उपाध्यक्ष उत्तम कटुवाल, सचिव नवराज पाण्डे, यज्ञ वली सहित ५५ जना बैठकमा सहभागी छन् । महासचिव सुभास कोइराला, उपमहासचिव यज्ञराज अर्याल, सचिव जनक रावल, कोषाध्यक्ष धर्मेश गौतम, सचिव शंकर पाण्डे, अशोक रौनियारसहित केन्द्रीय समितिका ३० जना सहभागी छैनन् । आइतबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख २९ आइतवार ०७:३३ मा प्रकाशित