back

जातीय विविधता समृद्धि र एकताको आधार : ओली

वि.सं.२०७३ कात्तिक २७ शनिवार

927 

shares

kp oli

२७ कात्तिक, काठमाडौं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय विविधतालाई समृद्धि र एकताको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले धर्म, जाति र भूगोलका नाममा द्वन्द्व र झगडा मच्याउने काम नगरी आपसी एकता र समृद्धि अबको बाटो भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नयाँ संविधानले दिएका अधिकारको प्रयोग गरी समृद्धिको बाटोमा जान एकता चाहिन्छ । विभेद् र असमानताको अन्त्य गर्नुपर्छ ।’’

अध्यक्ष ओलीले एकसय २५ जातजाति र भाषाभाषी तथा धार्मिक विविधताको देशमा साम्प्रदायिकता भड्काउने काम भएमा समृद्धिको बाटो प्रभावित हुने भन्दै साम्प्रदायिकतामा जाकिएका अन्यमुलुक कसरी ध्वस्त भइरहेका छन् भन्ने हेक्का राख्न आग्रह गर्नुभयो ।

सम्मेलनमा करिब १५०० प्रतिनिधि सहभागी छन् । रासस

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०९:२८ मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य बढेकोबढ्यै

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी...

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए...

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ...