back

काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारीको सूचीमा

वि.सं.२०७६ वैशाख २९ आइतवार

39 

shares

 

२९ बैशाख, बलेवा । अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् ।
सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला गाउँपालिका–८ लेखानीका २४५, काठेखोला गाउँपालिका–१ का १४, वडा नं २ भीमापोखराका ४५, वडा नं ३ धम्जाका १००, वडा नं ४ तग्रामका ४५, वडा नं ५ का ४१, वडा नं ६ का ३७ जनाले बेरोजगार भएको फाराम भरेका छन् । तथ्याङ्क सङ्कलन वैशाख मसान्तसम्म सञ्चालन हुने रोजगार संयोजक गैरेले बताए । आ–आफ्नो वडा कार्यालयमा पुगेर फाराम भर्न सकिने उनको भनाइ थियो ।

बेरोजगार सूचीमा दर्ता हुनआएका व्यक्तिलाई योग्यता, सीप, दक्षताअनुसार सामाजिक विकास तथा निर्माणको कार्यमा खटाउने सरकारको योजना छ । न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिले तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ देखि ५९ वर्षसम्म उमेर समूहकाले फाराम भर्न सक्नेछन् ।

लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम कामसमेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउने जनाइएको छ । परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दाबी गर्न सक्नेछन् । त्यस्ता बेरोजगारलाई न्यूनतम सय दिनको प्राप्त हुन आउने पारिश्रमिकवापतको ५० प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ । परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता जिकिर गर्न पाइनेछैन ।

 

वि.सं.२०७६ वैशाख २९ आइतवार १०:३२ मा प्रकाशित

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी...

चुरे क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा फोन सम्पर्क गर्नै सकस

चुरे क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा फोन सम्पर्क गर्नै सकस

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क...