back

पाँच करोडको लागतमा हेलम्बुमा बन्ने भयो बञ्जीजम्प

वि.सं.२०७६ वैशाख २९ आइतवार

39 

shares

 

२९ बैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ ।

यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ । लागत अनुमान धेरै भएकाले निर्माणका लागि ‘सस्पेन्सन ब्रिज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताए ।

परियोजना प्रतिवेदनअनुसार बञ्जीजम्पको उचाइ १७३ मिटर र झोलुङ्गे पुल ३७० मिटर लामो हुनेछ । बन्न लागेको झोलुङ्गे पुल देशको हालसम्मकै लामो पुल हुने भएकाले प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाका इञ्जिीनियर शेरबहादुर राईले बताए । उनका अनुसार देशमा हाल २५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन ।हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ । उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने पाँच घण्टा समयसमेत बचत हुने इञ्जिीनियर राईले बताए ।

सो स्थानमा बञ्जीजम्प तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताए । सन् १९९८ मा प्रकाशित पर्यटनसम्बन्धी ‘वेभ’ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो २२० मिटर उचाइ बञ्जी दक्षिण अफ्रिकामा छ । त्यसपछि १६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोशी नदीमा विसं २०५६ देखि सञ्चालनमा आएको छ । हेलम्बुमा अब बन्ने बञ्जीको उचाइ भोटेकोशीको तुलनामा १३ मिटर बढीको हुनेछ ।

 

वि.सं.२०७६ वैशाख २९ आइतवार १२:५५ मा प्रकाशित

फेरियो पुम्दीकोटको परिचय

फेरियो पुम्दीकोटको परिचय

  अन्नपूर्ण (कास्की) । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार...

रारामा चार महिनामा चार हजार पर्यटक

रारामा चार महिनामा चार हजार पर्यटक

मुगु । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता...

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक, सबैभन्दा बढी फ्रान्सका

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक, सबैभन्दा बढी फ्रान्सका

मनाङ । कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी...

प्राकृतिक सौन्दर्यको खानी पुनहिल घोडेपानी

प्राकृतिक सौन्दर्यको खानी पुनहिल घोडेपानी

म्याग्दी । हिमाल, पहाडी भुगोल, सुर्योदय र गुराँसको जङ्गल अवलोकनका...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...