back
CTIZAN AD

एसइई सकेर बसेका विद्यार्थीबीच खुला म्याराथुन हुने

वि.सं.२०७६ वैशाख २९ आइतवार

696 

shares

२९ वैशाख । एसइई परीक्षा दिएर बसेका विद्यार्थीबीच खुला म्याराथुन प्रतियोगिता हुने भएको छ ।

बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले देशभरका फुर्सदिला विद्यार्थीका लागि खुला म्याराथुन प्रतियोगिताको तयारी गरेको हो ।

‘किल एडिक्सन, स्टे हेल्थी’को नारासहित आयोजना गर्न लागिएको सो प्रतियोगिता आगामी जेठ ३२ गतेदेखि बनेपामा सञ्चालन हुने प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले जानकारी दिए । उनले भने, “एसइई परीक्षा पछिको समयमा विद्यार्थीमा नैराश्यता तथा दुव्र्यसनको अत्याधिक जोखिम हुने भएकाले प्रतिष्ठानले ज्ञानकुञ्ज म्याराथुनको आयोजना गरेको हो ।”

फुर्सदमा बसेका विद्यार्थीमा थप प्रतिस्पर्धाको भावना जगाउन र कूलतमा नफसुन भन्ने उद्देश्यले म्याराथुन प्रतियोगिता आयोजना गरिएको वैद्यले बताए । छात्र र छात्राबीच प्रतिस्पर्धा हुनेछ । प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको छात्रतर्फ ६ किलोमिटर तथा छात्रातर्फ तीन किलोमिटरको दौड हुने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा सहभागी हुन विद्यार्थीले एसइई परीक्षामा सामेल भएको प्रमाण पेश गर्नुपर्नेछ ।

वि.सं.२०७६ वैशाख २९ आइतवार २१:०४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...