back

कविता : सपना देख्नु नै अनुचित होइन

वि.सं.२०७६ वैशाख ३० सोमवार

63 

shares

 

सपना देख्नु नै अनुचित होइन ठूलो यात्राको
दरिलो अठोट छ भने हाम्रो प्रत्येक ध्येयमा
सपना त महाकल्पना बन्छ कुनै ठूलो यात्राको
हरेक महान यात्रा त आखिर
सुन्दर सपनाबाटै त सुरु हुन्छ

घोषणा गर्नु नै बेठिक होइन ठूलो कार्यको
भरिलो इमान छ भने हाम्रो हरेक वचनमा
घोषणा त महाकबोल हुन्छ कुनै ठूलो कार्यको
हरेक महान कार्य त आखिर
सुन्दर घोषणाबाटै त सुरु हुन्छ

पर्वत नै पञ्छाइ छोड्ने ऐलान पनि बेठिक होइन
प्रयास जारी राखिन्छ भने निरन्तर जोशपूर्वक
त्यस्तो कुनै पर्वत हुँदैन जो खनेर कहिल्यै सकिन्न
हरेक पर्वत पञ्छाउने काम पनि त आखिर
पहिलो ढुंगा खनाइबाटै त सुरु हुन्छ

सागर नै छिचोल्ने आकांक्षा पनि अनुचित होइन
जस्तोसुकै जोखिम मोल्ने आँट गरिन्छ भने होशपूर्वक
त्यस्तो कुनै सागर हुँदैन जो ख्याएर कहिल्यै सकिन्न
हरेक सागर छिचोल्ने काम पनि त आखिर
पहिलो डुंगा खियाइबाटै त सुरु हुन्छ

वि.सं.२०७६ वैशाख ३० सोमवार १५:०१ मा प्रकाशित

कविता : त्यत्तिकै-त्यत्तिकै

कविता : त्यत्तिकै-त्यत्तिकै

ओम आचार्य, अर्घाखाँची सुन्दा, प्यारो लाग्छ नाम राम जत्तिकै ।...

कविता : भेँडाको वस्ती !

कविता : भेँडाको वस्ती !

टिएन भट्ट विश्वामित्र, भक्तपुर साला ! ऊ पनि देश बनाउने...

कविता : अन्तर बोध

कविता : अन्तर बोध

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा फूल हो जीवन सुवास छर्नुपर्छ...

कविता : आमा

कविता : आमा

अलख निरन्जन लोहार,टीकापुर, कैलाली राख्यौ साहस साथमा उदरमा, पीडा सहेरै...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...