back

सवारी दुर्घटनामा परी केन्यामा कम्तीमा १४ को मृत्यु

वि.सं.२०७६ वैशाख ३० सोमवार

42 

shares

३० बैशाख, केन्या । केन्यामा आइतबार राती भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।

प्रहरीका अनुसार दश जनाको घटनास्थलमै र अरु चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
सिमेन्ट बोकेको एउटा ट्रकसँग यात्रु बोकेको बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई गारिसा अस्पतालमा लगिएको छ ।

कतिपय घाइतेहरुहको अवस्था अन्त्यन्त गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । केन्यामा यस्तै दुर्घटनामा परी वार्षीक तीन हजार भन्दा बढीको मृत्यु हुने गरेको छ ।

वि.सं.२०७६ वैशाख ३० सोमवार १६:५७ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...