Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतीय राजधानीको वायु प्रदूषणले विश्व झक्झक्यायो



२७ कात्तिक, संयुक्त राष्ट्रसङ्घ । भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङघीय बाल कोष (युनिसेफ)ले विश्वलाई नै आह्वान गरेको छ ।

युनिसेफले हालै जारी एक प्रेस विज्ञप्तिमा नयाँ दिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नु पर्ने तर्फ ध्यानकर्षण गराएको छ ।

प्रदूषणबाट हुने असर र समस्याबाट सतर्क हुने बच्ने उपायहरु पनि अपनाउन युनिसेफले आग्रह गरेको छ ।

“दिल्लीका बालबालिका हरेक पटक स्वासप्रश्वास गर्दा प्रदूषणको समस्याबाट पिडित छन्,” विज्ञप्तीमा भनिएको छ ।

“यो चुनौती दिल्लीको मात्रै होईन, विकासको उकालो चढ्दै गरेका विश्वभरका अरु थुप्रै सहरहरुको पनि हो,” राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले संवाददाताहरुलाई भन्नुभयो ।

“दिल्लीले विश्वलाई नै झस्काएको छ,” उहाँले थप्नुभयो ।सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ