
३० बैशाख, काठमाण्डौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवमाथि पत्रकार आचार संहिता विपरीत प्रश्न सोधिएको भन्दै समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवसँग एभिन्युज टेलिभिजनमा आइतबार बेलुका ९ बजे प्रशारण गरिएको ‘सकसमा राजनीतिक’ नामक कार्यक्रममा पत्रकार सुशील पाण्डेले लिएको अन्तर्वार्तामा आचार संहिता विपरीत प्रश्न सोधिएको भन्दै पार्टीले आपत्ति जनाएको हो ।
पार्टी केन्द्रीय कार्यालयका तर्फबाट उपमहासचिव प्रकाश अधिकारीद्धारा जारी गरिएको विज्ञप्तिमा पत्रकार जगतकै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादवमाथि दुव्र्यवहार गरिएको भन्दै पार्टीले घोर निन्दा तथा भत्र्सना गरेको जनाएको छ ।
‘मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधै सम्मान गर्दै आएको छ । तर्सथ आइतबार राति टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिबिधि नगरी संयमित रहन पार्टी पंक्ति एवं आम कार्यकर्ताहरुलाई निर्देश गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘साथै पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचारगृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्न सम्पूर्ण निकायलाई पनि हार्दिक अपिल गर्दछौं ।’
वि.सं.२०७६ वैशाख ३० सोमवार १९:२२ मा प्रकाशित