
३१ बैशाख, हेटौडा । बढ्दो सम्बन्ध बिच्छेदको मुद्दाले अदालतले लिएको बार्षिक फस्र्यौट लक्ष्य पूरा नहुने भएको छ ।
मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध बिच्छेदको ‘कुलिङ पिरियड’ एक वर्ष तोकेकाले अदालतको बार्षिक फछ्र्यौट लक्ष्य पूरा नहुने भएको हो ।
जिल्ला अदालत मकवानपुरमा दर्ता भएका कुल मुद्दा मध्ये ३३ प्रतिशत भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा छन् । अदालतमा १ सय ४९ वटा अघिल्लो वर्षमा फैसला हुन बाँकी रहेको सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् ।
५ सय १५ वटा सम्बन्ध बिच्छेदका मुद्दा छन् । ती मुद्दामध्ये २ सय ८४ थान मुद्दा फैसला भइसकेको र २ सय ३१ थान मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार केशव राज कौशिकले बताए । मंगलबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०७:४१ मा प्रकाशित