back
CTIZAN AD

‘पैसा खर्च र सिस्टम कब्जा गरेर चुनाव जित्नेका बिरुद्ध मेरो उम्मेदवारी’

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

747 

shares

१४ मे, न्युयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका लागि अध्यक्षका उम्मेदवारी दिएका सन्जय थापाले पैसा खर्च गरेर र सिस्टम कब्जा गरेर निर्वाचन जित्ने बिरुद्ध आफूले उम्मेदवारी दिएको बताएका छन् ।

एनआरएन अमेरिकाको निर्वाचनको प्रसार–प्रसारको क्रममा आफ्नो होम टाउनमा ‘संजय थापा जिताउ’ अभियान न्यूयोर्कले आयोजना गरेको कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन् ।

टेक गुरुङको सभापतित्व, कृष्ण लामिछानेको सञ्चालन, राधाकृष्ण देउजाको स्वागत मन्तव्य तथा याम लामाको धन्यवाद मन्तव्य रहेको उक्त कार्यक्रममा गोरखा समाजका अध्यक्ष विकास पाण्डे, हामी नेपालीका महासचिव मंगलदास श्रेष्ठ, तामाङ सोसाइटीका अध्यक्ष लाक्यन लामा, जनजाती महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी राना मगर, समाजसेवी उपेन भट्ट, नर्वदा क्षेत्री, सञ्चारकर्मी सैलेश श्रेष्ठ लगायत समाजका विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

‘आज लोकतन्त्रवादी भन्नेहरुले आफ्नो उम्मेदवार भनेर भोट मागि रहँदा हिजो नेपालको संविधान निर्माण भएको खुसियालीमा यही सत्यनारायण मन्दिरमा सन्जय थापा र आनन्द विष्टहरु दिपावली गरिरहँदा तपाईको उम्मेदवार कहाँ थिए ? हिजो नाकावन्दीको विरुद्ध हामी डिसिमा प्रदर्शन गरिरहदा अर्कोतर्फ बसेर गिज्याई रहनेहरु नै होईनन् तपाईहरुको उम्मेदवार ?’ अध्यक्षका उम्मेदवार थापाले आफ्नो मन्तव्य राख्दै भने, ‘अनि अहिले कालो कोठामा वसेर आफ्नो व्यवसायी पार्टनरको श्रीमतीको नामको कम्पनीवाट धभदकष्तभ निर्माण गरी सवै सिस्टम आफ्नो हातमा कव्जामा लिन सडयन्त्र गर्नेहरुलाई समर्थन गरेर लालमोहोर लगाउने काम नगर्नुस् ।’

न्युयोर्कवाट उम्मेदवार भइ रहेको अर्को उम्मेदवारलाई समर्थन गर्नेहरुलाई प्रश्न गर्दै थापाले भने, ‘हामी न्युयोर्कको हरेक सामाजिक गतिविधी संलग्न भइरहदा तपाईहरुले समर्थन गरेका उम्मेदवारहरु कुन–कुन अभियानमा कहाँ कहाँ‘ हामी सँग थिए, कमसेकम निर्वाचन अगाडि आ–आफ्ना उम्मेदवारहरुसँग यि प्रश्नहरु गर्नुस् ।’

एनआरएन अमेरिकाभित्र रहेका विकृति र विसंगतिलाई जरैदेखि उखेल्दै चारलाख नेपाली अमेरिकनहरूले हाम्रो एनआरएन हो भन्ने वनाउन र हरेक निर्वाचनपछि मतदानमा धाँदली भयो भन्दै अदालत जानुपर्ने वाध्यताको अन्तगर्दै अमेरिकावासी सबै नेपालीको जीवनस्तर उच्च वनाउने वा सफल प्रवासी वनाउदै नेपालसँगको सम्वन्धलाई कसिलो बनाउनुपर्ने आजको आवस्यकता रहेको पनि थापाले बताए ।

उक्त कार्यक्रममा उम्मेदवार संजय थापा, वरिष्ठ उपाध्यक्षका उम्मेदवार नारायण कणेल, उपाध्यक्षका उम्मेदवार रामवावु पान्डेय, महिला संयोजक सुनिता खत्री ,यूवासंयोजक प्रितम कुशेयत ,बोर्ड सदस्यहरू जीवन जोशी ,टेकराज पौड्याल, टंक रेग्मी, छत्र गुरूङ ,देवराज न्यौपाने, खिम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

यो भिडियो हेर्नुस्

वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०९:१७ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...