
३१ बैशाख, काठमाण्डौं । आगामि आर्थिक बर्षको बजेटमा सरकारले बैंक मर्जर नीतिलाई प्रभावकारी तरीकाले कार्यान्वयन गर्ने सङ्केत देखाएसंगै केहि बैंकहरुले कार्यकारी प्रमुख नियुक्तीमा ढिलाइ गर्ने भएका छन ।
अहिले तीनवटा ठुला बाणिज्य बैंकहरु कार्यकारी प्रमुखविहीन रहेका छन । यस्तै दुइवटा बैकका सिइओ पनि छिट्टै रिक्त हुदैछन् ।
पछिल्लो समय बैंक मर्जरलाइ अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा चिरन्जीवी नेपालले जोड दिदै आएका छन् । आगामि बजेटमा मर्जरलाइ विशेष जोड दिइने बताइएको छ । कम्तीमा बाणिज्य बैंकको सङ्रख्या २० भित्र समेट्ने तयारीमा अर्थमन्त्रालय र राष्ट्रबैंक रहेको बुझिएको छ ।
अर्थमन्त्रालय र राष्ट्रबैंकको सङकेत पाएका कारण ग्लोवल आइएमई, सनराईज, नेपाल बैंक जस्ता ठूला बाणिज्य बैंकहरुले सिइओ नियुक्त गर्न आनाकानी गरिरहेका छन । ग्लोवल आइएमई विगत चार महिनादेखि सिइओ विहीन रहेको छ । तत्कालिन सिइओ जनक राज शर्मा माघको पहिलो साता बैंकबाट बाहिरीएका थिए ।
देशकै सबैभन्दा पुरानो बैंक नेपाल बैकका सिइओ देवेन्द्र प्रताप शाह पनि चैतदेखि बैंकबाट बाहिरीएका छन । यसैगरी सनराइज बैंक पनि अहिले सिइओ विहीन रहेको छ । बैकका सिइओ रत्नराज बर्जाचार्य २९ बैशाख देखि बैंकबाट बाहिरीएका छन् ।
सानिमा बैंकमा लफडा भएका कारण सिइओ भुवन दाहाल पनि कार्यकाल नसकिदै बैंकबाट बाहिरीने मुडमा रहेको बताइएको छ । यता प्राइम बैंकका सस्थापक सिइओ नारायणदास मानन्धरको पदावधि सकिनै आटेको छ । मानन्धर कार्यकाल नथप्ने मुडमा रहेका छन ।
वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०९:२९ मा प्रकाशित