back

कुनै उम्मेदवारका सन्दर्भमा संस्थागत निर्णय गरिएको छैन – नेजस अमेरिका

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

30 

shares


प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनएलाई विभिन्न राजनीतिक दल तथा जातिय संगठनहरुले आफ्नो पकडमा पार्ने प्रयास हुने आरोप लाग्ने गरेको छ । जनसम्पर्क समिति अमेरिकाले आफ्नो संगठनमाथि पनि त्यस्तो आरोप लाग्न सक्ने तर्फ पहिल्यै सचेत रहँदै समितिलाई चोख्याउने प्रयास गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले यही मे १८ र १९ तारिखमा (१९–२१) को लागि हुन गईरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनमा कुनै पनि उमेद्धारको विषयमा संस्थागत एवं अधिकारीक निर्णय नगरिएको बताएको छ । महासचिव मुनिन्द्र नेम्वाङले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराइएको हो । विज्ञप्तीमा एनआरएनए गैरराजनीतिक र सबै नेपालीको साझा संस्था भएका र संघको गरिमाप्रति संगठन सदैव सचेत र संवेदनशील रहेको बताइएको छ ।

प्रेस विज्ञप्ति

यही मे १८ र १९ तारिखमा (१९-२१)को लागि हुन गईरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कुनै पनि उमेद्धारको विषयमा संस्थागत एवं अधिकारीक निर्णय नगरेको कुरा सम्पूर्ण जिज्ञासा राख्नुहुने साथिहरू, पत्रकार मित्रहरू, शुभेच्छुक साथिहरू, एनआरएनएको साधारण एवं आजीवन सदस्यहरू र आम अमेरिकावासी नेपाली दिदीबहिनी तथा दाज्यूभाईहरूलाई यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं । साथै यस निर्वाचनमा सहभागि रहनुहुने सबै उमेद्वारहरूलाई संस्थाको तर्फबाट हार्दिक शुभकामना समेत व्यक्त गर्दछौं ।

एनआरएनए ९ल्च्ल्ब्० एउटा गैर राजनीतिक र सबै नेपालीको साझा संस्था भएकाले यसका प्रति उच्च गरिमा बोकेको हाम्रो संगठन सदैव सचेत र संवेदनशील रहेको कुरा यहाँहरू माँझ प्रष्ट पार्दछौ । साथै आउँदो गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको यो निर्वाचन निष्पक्ष, पारदर्शी र धाँधली रहित हुने कुरामा हामी विश्वस्त छौं, र यस निर्वाचनको पूर्ण सफलताको समेत कामना गर्दछौ ।

धन्यवाद , जयनेपाल १
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिती अमेरिका

वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०९:५१ मा प्रकाशित

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...