back

डीएसपीको कुर्सीमा बसेर फोटो खिच्दा यस्तो आपत !

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

24 

shares

३१ बैशाख, झापा । तपाईको आफ्नो मान्छे वा साथीभाइ प्रहरी, आर्मी, सशस्त्र वा अन्य सरकारी अड्डामा हुनुहुन्छ र तपाई भेटघाटका लागि त्यहाँ पुग्नु भएको छ भने उनीहरुको व्यक्तिगत कुर्सीमाथि त्यो पनि नाम र पद लेखिएको नेम प्लेट भएको ठाउँमा बसेर फोटो खिच्ने भुल नगर्नुहोला ।

अहिलेको सामाजिक संजालको प्रभाव तथा जे गरेपनि तत्काल सेल्फी या फोटो खिचाएर पोस्ट गरिहाल्ने चलनका कारण तपाइलाई पनि त्यस्तो कुर्सीमा बसेर फोटो खिच्न मन लाग्ला । अनि फोटोकतिखेर सामाजिक संजालमा राखौं र कमेन्ट तथा लाइक बटुलौं भनेर मनमा हुटहुटी पनि चल्ला । अनि फुर्सद र इन्टरनेट पाउनासाथ फोटो सामाजिक संजालमा अपडेट गरिहाल्नु पनि हुन्छ । तर त्यसले तपाईलाई त आपतमा पार्छ नै साथै तपाईको आफन्त वा साथीभाइ पनि कारबाहीमा पर्न सक्छन् ।

यस्तै घटना भएको छ झापामा । झापा अनारमनि इलाका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का आफ्नो कार्यस्थलमा नभएका बेला उनको कुर्सीमा बसेर फोटो खिच्ने ३० वर्षीय हर्कराज गुरुङ पक्राउ परेका छन् ।

उनलाई साइबर कानुन अन्तर्गतको कारबाही गरिएको अनारमनी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर सुनिल कुमार श्रेष्ठले संसारन्युजलाई बताएका छन् ।

श्रेष्ठका अनुसार आफ्नो कामको लागि प्रहरी कार्यालय अनारमनिमा पुगेका गुरुङले डिएसपी खड्का बाहिर निस्किएको मौका पारेर कुर्सीमा बसेर नेम प्लेट र प्रहरी झण्डा टेबुलमाथि राखेर तस्बिर खिचेका थिए ।

गुरुङको यस्तो हर्कतले डीएसपी सुवास खड्कालाई समेत सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय विराटनगरमा बोलाइएको बताइएको छ ।

वि.सं.२०७६ वैशाख ३१ मंगलवार ११:२६ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...