
३१ वैशाख, काठमाडौँ । म्हेपी, काठमाडौँमा अवस्थित प्रेसियस नेशनल एकेडेमी स्कुलले स्कुल क्याप्टेन र भाइस क्याटेनको लागी निर्वाचन सम्पन्न गरेको छ । परिवारका सदस्यहरुले निर्वाचनको समयमा सुनाएको अनुभव सुनेका र मतदाता शिक्षाको अवधिमा मतपत्र देखेका विद्यार्थीहरु स्वस्तीक छाप प्रयोग गरी आफूले इच्छाएको उम्मेदवारलाई मतदान गर्दा अन्यन्त खुसी देखिन्थे । “फरक खालको अनुभव भयो । कक्षामा पढेका थियौँ तर आज प्रयोग नै गरीयो ” कक्षा ७ का छात्र बिराज क्षेत्रीले भने । “बुवा आमाहरु मतदान गर्न जाँदा कस्तो होला भन्ने कौतुहलता हुने गथ्र्यो तर आज आफै भोट खसालियो ” कक्षा ५ की छात्रा विदीशा पाण्डेले बताइन ।
विद्यार्थीहरुलाई निर्वाचनको पद्धतिको बारेमा जानकारी दिने एवंम नेतृत्व विकास प्रक्रियागत हिसावले गराउने उद्देश्यले मतदान गरिएको विद्यालयका प्रीन्सीपल गोपीराज पराजुलीले बताए । “वैशाख २४ गते देखि प्रक्रियागत हिसावले उम्मेदवारी दर्ता, दावि विरोध, मतदाताको नामावली प्रकाशन, उम्मेदवारी फीर्ता, निर्वाचन चिन्ह प्रदान, प्रचार प्रसार समय, आचार संहिता लागु, मौन अवधी लगायतका राष्ट्रिय निर्वाचनमा हुने सम्पूर्ण प्रक्रियाहरु अपनाइएको छ । ” प्रीन्सीपल पराजुलीले स्पस्ट पारे ।
“जम्मा २५६ मतदाता रहेकामा २४६ मत खस्यो । म आफै पनि मतदाता त भएको थिएँ तर आज व्यवस्थापन गरेर मतदान सम्पन्न गराउँदा रमाइलो अनुभूति भै रहेको छ ।” पर्यवेक्षकको कार्ड झुण्डाएर निर्वाचन अनुगमन गरिरहेका जय तिमल्सीनाले बताए ।
क्याप्टेन र भाइस क्याप्टेनको लागी जम्मा ७ जना उम्मेदवार मैदानमा रहेकामा कक्षा ८ का आगमन पन्त क्याप्टेन र कक्षा ९ का समीक्षा त्रीपाठी भाइस क्याप्टेनमा निर्वाचीत भएको सहायक निर्वाचन अधिकृत दिनेश अधिकारीले जानकारी गराए ।
वि.सं.२०७६ वैशाख ३१ मंगलवार १४:५६ मा प्रकाशित